Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

विपन्न तथा सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम


२० ,असोज ,गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई व्यावसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ ताक्लुङस्थित सामुदायिक भवनमा व्यावसायिक रुपमा स्यानिटरी प्याड उत्पादन गर्ने योजना बनाएर महिलाका लागि तालिम सञ्चालन गरिएको हो ।

गाउँपालिकाको समन्वय, युएसएआइडीको आर्थिक सहयोग र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) को आयोजनामा भएको तालिममा नवपालुवा महिला कृषक समुहका २१ महिलाको सहभागिता रहेको एड्वानका परियोजना संयोजक कमल बसेलले जानकारी दिए ।

“सहिद लखन गाउँपालिकालाई स्यानिटरी प्याड उत्पादनमा आत्मनिर्भर बनाउने योजनाअनुसार तालिम सञ्चालन गरिएको हो”, उनले भने, “सहभागीले तालिम सम्पन्न गरेपछि गाउँपालिका, एड्वान र प्रशिक्षार्थीको सहकार्यमा पालिकाभित्रै स्यानिटरी प्याड उत्पादन गरी आयआर्जनको अवसर प्राप्त गर्नेछन् ।”

विद्यालय किशोरी कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्यानिटरी प्याड बाहिरबाट खरिद गरेर ल्याउनका लागि हरेक वर्ष वार्षिकरुपमा लाखौँ रकम विनियोजन गर्दै आएकोमा अबदेखि गाउँमै प्याड उत्पादन गरी महिलालाई रोजगारी पनि दिने र आर्थिक आयआर्जन वृद्धि गर्दै विपन्न तथा सीमान्तकृत महिलालाई आत्मनिर्भर बनाउने योजना रहेको संयोजक बसेलको भनाइ छ ।

“यसले महिलालाई आत्मनिर्भर पनि बनाउँछ”, उनले भने, “गाउँपालिका पनि स्यानिटरी प्याडमा आत्मनिर्भर हुने हुँदा रोजगारीको सिर्जना पनि हुन्छ ।” तालिम सम्पन्न भएलगत्तै गाउँपालिका, एड्वान र तालिममा सहभागी महिला मिलेर संयुक्तरुपमा स्यानिटरी प्याड उत्पादन सुरु गर्ने उनले जानकारी दिए ।

स्यानिटरी प्याड निर्माणका लागि आवश्यकमेसिनसमेत खरिद गरी सोही मेसिनबाट नै प्याड उत्पादनको तालिम सञ्चालन भइरहेको हो । मेसिन खरिदका लागि गाउँपालिका र एड्वानले रु पाँच/पाँच लाख लगानी गरेका छन् भने तालिममा सहभागी २१ जना महिलाले रु १५/१५ हजारका दरले रु तीन लाख १५ हजार लगानी गरेको उनले बताए ।

गाउँपालिकामा उत्पादन गर्न लागिएको स्यानिटरी प्याड बजारमा अहिले पाइने सबै प्याडसँग प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय प्याड उत्पादन गर्ने तयारी गरिएको छ । प्याड उत्पादनपछि प्याकेजिङ र किटाणुरहित बनाउनका लागि आवश्यक थप दुईवटा मेसिन खरिदका लागिसमेत तयारी भइरहेको संयोजक बसेलले जानकारी दिए ।


प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?