५ ,मङ्सिर ,काठमाडौँ । दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट नक्कली नेपाली रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका कुभिण्डे घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ बस्ने ६८ वर्षीय गोकर्णबहादुर थापा रहेका
५ ,मङ्सिर ,काठमाडौँ । अनलाइनमार्फत सट्टेबाजी खेल खेलाएको अभियोगमा छ जनालाई आइतबार दिउँसो प्रहरीले ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा जिल्ला धनकुटा नगरपालिका–७ घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अङ्कित श्रेष्ठ, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–२ घर भई ललितपुर कुसुन्ती बस्ने २२ वर्षीय आमोश राई, उदयपुर
५ ,मङ्सिर ,काठमाडौँ । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको
५ ,मङ्सिर ,काठमाडौँ । आदिवासी जनजाति महासङ्घ तथा विभिन्न जनजाती सङ्घ सङ्गठनले संविधान विपरीतका गतिविधि नगर्न सम्बद्ध पक्षसँग आग्रह गरेका छन् । महासङ्घले आज संयुक्त पत्रकार सम्मेलन गरी लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्रका उपलब्धिप्रति वितृष्णा उत्पन्न गर्ने किसिमका अभिव्यक्ति नदिन आग्रह गरेको छ । आदिवासी जनजातिको पहिचानको मुद्दालगायत उत्पीडित जाति, वर्ग,
काठमाडौं । न्यायपरिषदले ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो। परिषदको मंगलबारको बैठकले उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, अब्दुल अजिद मुसलमान ,महेश शर्मा
काठमाडौं । न्यायपरिषदले उच्च अदालतका ६ जना न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ । परिषदको मंगलबारको बैठकले लोहितचन्द्र शाह, माधव पोखरेल, रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।
काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले रिट निवेदकको माग अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । कात्तिक २७ मा मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो
काठमाडौं। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ सुरु भएको छ । उक्त कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन सङले सभ्यताको सन्देश प्रवाह, शान्ति, विकास र क्रस हिमालय सांस्कृतिक आदानप्रदानका लागि पुस्तक प्रदर्शनी महत्वपूर्ण सावित हुने
काठमाडौं। शेयर बजार आज मंगलबार झन्डै २४ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८२ अङ्कले घटेर एक हजार आठ सय २९ दशमलव ६५ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ भने सबैभन्दा धेरै माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीका
गण्डकी। विश्व मत्स्य दिवसका अवसरमा कास्कीको रुपा तालमा १० हजार माछाका भुरा छाडिएका छन् । मत्स्य अनुसन्धान केन्द्र पोखरा, रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था र नेपाल फिसिरिज सोसाइटीको सहआयोजनामा आज रुपा तालमा सो परिमाणमा माछाका भुरा छाडिएका हुन् । ‘स्वदेशी माछाः पोषण र जीवकोपार्जनको आधार’ नाराका साथ स्वदेशी जातका