Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना : श्रीमान्, श्रीमतीसहित पाँच जनाको मृत्यु, नौ घाइते


५ ,पुष ,जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको वडा नं १० परिकोटको भित्री सडकस्थित च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

आठबीसकोट–८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो । ट्रयाक्टरमा भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण गर्न जस्तापाता रहेको जनाइएको छ ।

दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए ।

यस्तै दुर्घटनामा आठबीसकोट–१० स्थित डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले निकालेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिका अनुसार सो दुर्घटना गए राति करिब १०ः१५ बजे भएको कार्यालयले जनाएको छ । विज्ञप्तिका अनुसार सो दुर्घटनामा अन्य नौजना घाइते भएका छन् ।

घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबीसकोट–१० का ३८ वर्षीय रमेश सार्की, आठबीसकोट–८ का १४ वर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् ।

घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त ट्रयाक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक फरार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: ५ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?