Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


माछापुच्छ्रेमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड

गण्डकी। कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजना एवम् शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा आजदेखि पाँचौंँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यही मङ्सिर १६ गतेसम्म चल्ने प्रतियोगितामा गाउँपालिका अन्तर्गत ११ वटा माध्यामिक विद्यालयको सहभागिता हुने शिक्षा शाखा प्रमुख एवम् खेल व्यवस्थापन संयोजक सम्झना पोख्रेलले जानकारी दिए । उक्त पालिकाभित्रका

गैँडाको खागसहित तस्कर पक्राउ

चितवन। चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ । उक्त निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए भने अन्दाजी १८ र छ वर्षका पोथी गैँडा

शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

बलेफी,सिन्धुपाञ्चोक। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएका छन् । उनले बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुस्कोटस्थित भीमसेन माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षाको विकास हुन सकेन भने अन्य कुनै पनि विकास नहुने समेत दाबी गरेका छन् । “शिक्षाको विकास हुन सकेन

कोरियाको दक्षिण पूर्वी सहर ग्योङजुमा भूकम्प

काठमाडौं। बिहीबार बिहानै कोरियाको दक्षिण पूर्वी सहर ग्योङजुमा ४.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि त्यहाँको गृह मन्त्रीले सतर्कता अपनाउन तथा पूर्व तयारी गर्न निर्देशन दिएका छन् । बिहान ५:५० बजेसम्म पाँच पटक पराकम्प गएको कोरिया मौसम विज्ञान प्रशासनले जनाएको छ । यो वर्ष कोरियाली प्रायद्वीप वा यसको वरपरको पानीमा

नक्कली भुटानी शरणार्थी प्रकरण : पाटनमा आज निवेदक पक्षको जवाफी बहस

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनमा आज निवेदक पक्षको जवाफी बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतथको थुनछेक आदेशविरुद्ध उच्च पुगेका सबैको निवेदनमा एकैपटक सुनुवाइ भइरहेको हो । बुधबार सरकारी वकिलले बहस सकेपछि आज निवेदकका कानुन व्यवसायीले जवाफी बहस गर्न लागेका हुन् भने उनीहरूको जवाफी बहस

केपी ओली कप : बागमतीले आर्मीलाई दियो १२८ रनको लक्ष्य

काठमाडौं। पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १ सय २८ रनको लक्ष्य दिएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनायो । बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक

लगातार उकालो लागेको सुनको मूल्य आज स्थिर

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ कायम नै छ । यो मूल्य बुधबार कायम रेकर्डको स्थिर मूल्य हो । मंगलबार र बुधबार लगातार उकालो लागेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार भने स्थिर रहेको छ

कोप–२८ सम्मेलन आजदेखि, प्रधानमन्त्री दाहाल दुबईमा

काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदै छ । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म चल्नेछ । मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको र जलवायु सङ्कटको प्रभावले

बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण

वीरगञ्ज। सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयको स्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय वीरगञ्जस्थित सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो । त्यस्तै, वीरगञ्ज महानगरपालिकाको

नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

भरतपुर। नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिए । उनका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन्

सम्वन्धित समाचारहरु