२७ ,असोज ,काठमाडौँ । शनिबार विहान दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टरका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि मुम्बई लगिने भएको छ । उनको उपचार भइरहेको ह्याम्स अस्पतालले शनिबार साँझ एक विज्ञप्ति जारी गरी पाइलट सेढाईंलाई थप उपचारका लागि शनिबार नै भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी भएको जानकारी दिएको छ
२७ ,असोज ,नयाँदिल्ली । भारत र श्रीलङ्काले ४० वर्षपछि डुङ्गा सेवा शनिबारदेखि पुनः सञ्चालन गरेका छन् । भारतको तमिलनाडु राज्यको पूर्वी तटमा रहेको नागापट्टिनम र श्रीलङ्काको उत्तरी प्रान्तको जाफना नजिकै कान्केसानथुराईबीच यो सेवा सुरु गरिएको हो । भारतका बन्दरगाह, पानीजहाज तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले नागापट्टिनम बन्दरगाहमा सेवा सञ्चालन खुला
२७ ,असोज ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानव जीवनलाई तनावमुक्त बनाई दैनिक काम कारबाहीलाई परिणाममुखी बनाउन योग र ध्यानले विशेष सहयोग पुर्याउने बताएका छन्। गृह मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आज आयोजित एक दिवसीय ‘स्वजागरण अभियान तथा ध्यान विज्ञान
२७ ,असोज ,सिड्नी । अस्ट्रेलियाले विभाजनकारी र जातीय तान्त्रिक जनमत संग्रह अभियानपछि देशको १२२ वर्ष पुरानो संविधान संशोधन गर्ने योजनालाई चौतर्फी रूपमा अस्वीकार गरेको छ । करिब ९० प्रतिशत मतदान स्थलको मतगणना सकिँदासम्म लगभग ५९ प्रतिशत नागरिकहरूले पहिलो पटक सन् १९०१ को संविधानमा आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर्सलाई मान्यता दिने
२७ ,असोज ,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैले देश केही बनेको छ भन्ने भावना र सोच राख्न आवश्यक रहेको बताएका छन् । बडादसैँ, दीपावली र छठपर्वको उपलक्ष्यमा नेकपा (एमाले) झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित शुभकामना आदान–प्रदानका अवसरमा उनले भने, “विकासका हिसाबले देश धेरै बनाउन बाँकी छ, देश
२७ ,असोज ,काठमाडौँ । यही असोज १३ गतेदेखि आरम्भ भएको पितृपक्ष आजबाट समाप्त भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईका अनुसार आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले यसबीचको समयलाई सोह्रश्राद्ध अर्थात् पितृपक्ष भनिएको हो ।
२७ ,असोज ,मोरङ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् । नेता थापाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकार निर्माणमा विकसित भएको घटनाक्रमका कारण नैतिकरूपमा दलका नेताका रूपमा बस्न उपयुक्त नभएकाले पदबाट राजीनामा दिएको जानकारी दिए । नेता थापाले प्रदेशका नवनियुक्त
२७ ,असोज ,मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताएका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट आज मुख्यमन्त्रीको नियुक्तपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशसभा सदस्यहरूकाे सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण
२७ ,असोज ,काठमाडौँ । मनसुन सकिएर पर्यटकीय 'सिजन'को सुरुआतमा आज भएको हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ । कोरोना महामारीलगायतका कारणले घट्दो क्रममा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने प्रयास भइरहेका बेलामा हेलिकोप्टर दुर्घटनाले व्यवसायीलाई निराशा बनाएको छ । व्यवसायीहरु असोज-मङ्सिरमा पदयात्रा र आरोहणका लागि पर्यटक बढ्ने भएकाले यसअवधिलाई
२७ ,असोज ,काठमाडौँ । नेपालमा भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक रहेको एक अध्ययनले देखाएको छ । आज अल्टरनेटिभ फाउण्डेशनले यहाँ सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल, २०२३’ प्रतिवेदनमा परम्परागत राजनीतिक कार्यशैली, नातावाद र परिवारवाद, लोभ र छिट्टै धनी बन्ने आकांक्षालाई भ्रष्टाचारको कारण उल्लेख