Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

‘केही बनेको छ भन्ने सोच राख्न आवश्यक’


२७ ,असोज ,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैले देश केही बनेको छ भन्ने भावना र सोच राख्न आवश्यक रहेको बताएका छन् ।

बडादसैँ, दीपावली र छठपर्वको उपलक्ष्यमा नेकपा (एमाले) झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित शुभकामना आदान–प्रदानका अवसरमा उनले भने, “विकासका हिसाबले देश धेरै बनाउन बाँकी छ, देश लोकतान्त्रिक गणतन्त्रको बाटोबाटै बनाउने हो । आलोचना गर्दै साथ लिँदै हिँड्ने हो, यो देश बन्छ, बनाउन सकिन्छ । देश केही बनेको छैन भन्ने होइन, देश केही बनेको छ भन्ने भावना र सोच राख्न आवश्यक छ ।”

उहाँले नेपाल सतिको श्राप परेको नभइ भगवान् गौतमबुद्धको आशीर्वाद परेको देश भएकाले विकास पथमा लैजान सकिने थ्रुप्रै सम्भावना रहेको बतए । विगतमा देशमा भएका राम्रा र नराम्रा दुवै पक्षको साझा जिम्मेवारी नेपाली कांग्रेस र नेकपा (एमाले)लगायतले लिनुपर्नेमा जोड दिँदै उनले पुरानाको दिन गए भन्दै गर्दा धर्मशास्त्र र धर्ती पुरानै हुन् भन्ने पक्षलाई ख्याल गरी आफ्नो उपस्थितिमा नयाँ ऊर्जा र नयाँ संस्कृति देखाउन सक्नुपर्ने भनाइ व्यक्त गरे ।

मुलुकको राजनीति बदल्ने अठोट र सङ्कल्प गरेमा सबैभन्दा ठूलो योगदान झापालीले गर्न सक्ने बताउँदै उनले खेलकुददेखि जेलसम्ममा झापालीको बलियो उपस्थिति रहेकाले चतुर्याइँ मात्रै होइन, वैचारिक, संयमता र परिपक्वता प्रस्तुत गर्न सक्नुपर्नेमा जोड दिए ।

नेपाली नागरिक महत्वपूर्ण पर्व दसैँ पर्खिरहेका बेला विदेशी भूमिमा ज्यान गुमाएका आफन्तको लास कुरिरहेको अवस्था रहेको घटना सुनाउँदै महामन्त्री शर्माले भने, “नेपाली कुनै पनि द्वन्द्वमा नपरुन्, धरानको जस्तो परिघटना नभइदिओस्, मलङ्गवा नदोहोरियोस्, नेपालगन्जले सदभावको सहरको पहिचान कायम राखोस् ।”

नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले मुलुक परिवर्तनका बाहक वामपन्थी र लोकतन्त्रवादी शक्ति परिवर्तन हुन नसकेकाले सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि स्थापित गरेर अघि बढ्न अनेकखाले चुनौती खडा भएको धारणा राखे ।

उनले भने, “परिवर्तनपछि दुवै शक्ति कक्रक्क अवस्थामा छन्, रुपान्तरणमा कठिनाइ भइरहेको देखिन्छ । अब सबैलाई मान्य हुने काम गर्नेतर्फ हाम्रा कदम अघि बढ्नुपर्छ ।”

नेकपा (माले)का महासचिव सिपी मैनालीले परिवर्तन, रुपान्तरण र सुशासनका नारा जति घन्किए पनि झन्–झन् ठूलो भ्रष्टाचार र महँगीको मारमा नेपाली जनता परेको टिप्पणी गरे । उनले भने, “क्षमता भएका र देशलाई काम लाग्ने युवा विदेश जान बाध्य छन्, मुलुकमा कस्तो परिवर्तन गरौँला भन्ने सोच राखेर आन्दोलन गरिएको थियो, अहिले हामीकहाँ बजारियौँ । यस्तो दिन आउला भनेर लडेको हो र ?”


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?