Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

योगाभ्यासले काम कारबाहीलाई परिणाममुखी बनाउन सहयोग गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ


२७ ,असोज ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानव जीवनलाई तनावमुक्त बनाई दैनिक काम कारबाहीलाई परिणाममुखी बनाउन योग र ध्यानले विशेष सहयोग पुर्याउने बताएका छन्।

गृह मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आज आयोजित एक दिवसीय ‘स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशाला’ उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले जीवनलाई गतिशील बनाउनका लागि सबैले योगाभ्यास गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृत, गृह मन्त्रालयका सहसचिव तथा गृहमन्त्रालय मातहत पदाधिकारी र कर्मचारीको सहभागिता थियो ।

गृहमन्त्री श्रेष्ठको निर्देशनमा हाल काठमाडौँ उपत्यकाभित्रका गृह मन्त्रालय मातहतका कार्यालयमा दैनिक योगाभ्यास सुरु गरिएको छ ।


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?