Trending
>>   सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान ल्याउँदैछौँः गृहमन्त्री लेखक >>   अब गाईमुत्र सेवन गर्ने कि भैंसीमुत्र ? >>   रुपन्देहीमा रविको थुनछेक आदेश दिने इजलासमा चिठ्ठाबाट चुनिएका न्यायाधीश योगी को हुन् ? >>   मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित) >>   रुपन्देहीमा न्यायाधीश योगीको इजलासमा रविको बयान जारी >>   उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाएः सांसद सापकोटा >>   चोरीमा संलग्न चार जना पक्राउ >>   घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत, हदबन्दी छुट दिँदा व्यवसायी उत्साहित >>   चलचित्र ‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक >>   टर्किएको स्की रिसोर्टमा आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो, ९ जना पक्राउ
Logo
९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

समाचार


जनकपुरधाममा लागुऔषधसहित चारजना पक्राउ

धनुषा प्रहरीले जनकपुरधामबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरुलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रदेश २०२–००१ स ०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, ज६प १७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३२ वर्षीय

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिनुभयो । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष चयन हुन सकेको थिएन । राष्ट्रियसभा नियमावलीअनुसार निर्वाचनको कार्यतालिका प्रकाशित गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद्

अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने

नेपाल टेनिस सङ्घको आयोजनामा जे ६० काठमाडौँ आइटीएफ जुनियर टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–१ प्रतियोगिा यही माघ १६ गतेदेखि हुने भएको छ । यु-१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ आठ तथा गल्र्सतर्फ सात राष्ट्रको सहभागिता रहने आयोजक सङ्घका सदस्यसमेत रहनुभएका प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिनुभयो । ब्वाइज र गर्ल्स दुवैमा समान ६४-६४ खेलाडी

आज ठमेलमा त्रिशला गुरुङको लाइभ कन्सर्ट

गायिका त्रिशला गुरुङले आज ठमेलमा लाइभ कन्सर्ट गर्ने भएकी छन्। युट्युबमा कभर गीत गाएर युवापुस्तामाझ चर्चित बनेकी गायिका गुरुङले ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा राति ९ बजेबाट आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने तय भएको हो । अघिल्लो साताको शुक्रबार यहीँनेर गायिका तृष्णा गुरुङले ब्यान्डसहित एकल प्रस्तुति दिएकी थिइन् । टर्टल

‘सीप भए पैसा कमाउन ग्राह्रो छैन’

सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आउनुभएका कृष्ण रसाइली । धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ गर्न लहर चलेको छ । तराईमा जमिन किन्न होडबाजी छ । तर

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गर्नुभएको हो । सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल रहनुभएको छ ।

हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार नौ सय तोकिएको छ । यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार दुई सय कायम भएकोमा आज प्रतितोला रू सात सयले बढेको हो । नेपाल सुनचाँदी

हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताउनुभएको छ । श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश दिँदै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले एमाले नेपाललाई

कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित गरेको छ । निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्काे सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै नागरिकका अपेक्षालाई सम्बोधन गर्ने विषय केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँहरूबीच समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्यको निर्वाचन

सम्वन्धित समाचारहरु