Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

आज ठमेलमा त्रिशला गुरुङको लाइभ कन्सर्ट


गायिका त्रिशला गुरुङले आज ठमेलमा लाइभ कन्सर्ट गर्ने भएकी छन्। युट्युबमा कभर गीत गाएर युवापुस्तामाझ चर्चित बनेकी गायिका गुरुङले ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा राति ९ बजेबाट आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने तय भएको हो । अघिल्लो साताको शुक्रबार यहीँनेर गायिका तृष्णा गुरुङले ब्यान्डसहित एकल प्रस्तुति दिएकी थिइन् ।
टर्टल क्लबका सञ्चालक आयुष ठकुरीका अनुसार त्रिशलाले आज आफ्ना ओरिजिनल गीतहरु मायालु, काठमाडौं शहर, यो मन आदिसहित कभर गाउँदा चर्चित भएका गीतहरु गाएर दर्शकलाई झुमाउने कार्यक्रम छ । चिकित्सकसमेत रहेकी गुरुङ डाक्टर गायिकाका रुपमा समेत परिचित छिन् । विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरुपबाट सञ्चालनमा छ। केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाकारहरूको लाइभ प्रस्तुति तय भएको सञ्चालक ठकुरीले बताए।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?