Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

आज ठमेलमा त्रिशला गुरुङको लाइभ कन्सर्ट


गायिका त्रिशला गुरुङले आज ठमेलमा लाइभ कन्सर्ट गर्ने भएकी छन्। युट्युबमा कभर गीत गाएर युवापुस्तामाझ चर्चित बनेकी गायिका गुरुङले ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा राति ९ बजेबाट आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने तय भएको हो । अघिल्लो साताको शुक्रबार यहीँनेर गायिका तृष्णा गुरुङले ब्यान्डसहित एकल प्रस्तुति दिएकी थिइन् ।
टर्टल क्लबका सञ्चालक आयुष ठकुरीका अनुसार त्रिशलाले आज आफ्ना ओरिजिनल गीतहरु मायालु, काठमाडौं शहर, यो मन आदिसहित कभर गाउँदा चर्चित भएका गीतहरु गाएर दर्शकलाई झुमाउने कार्यक्रम छ । चिकित्सकसमेत रहेकी गुरुङ डाक्टर गायिकाका रुपमा समेत परिचित छिन् । विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरुपबाट सञ्चालनमा छ। केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाकारहरूको लाइभ प्रस्तुति तय भएको सञ्चालक ठकुरीले बताए।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?