Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने


नेपाल टेनिस सङ्घको आयोजनामा जे ६० काठमाडौँ आइटीएफ जुनियर टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–१ प्रतियोगिा यही माघ १६ गतेदेखि हुने भएको छ । यु-१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ आठ तथा गल्र्सतर्फ सात राष्ट्रको सहभागिता रहने आयोजक सङ्घका सदस्यसमेत रहनुभएका प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिनुभयो ।

ब्वाइज र गर्ल्स दुवैमा समान ६४-६४ खेलाडी रहेकाले दुवै समूहमा समान ३२-३२ खेलाडीको ‘मेन ड्र’ का लागि शनिबार र आइतबार छनोट खेल खेलाइने छ । छनोटको ब्वाइजमा नेपालबाट नौ, भियतनाम, चाइनिज ताइपेइ, चीन र दक्षिण कोरियाबाट समान तीन–तीन, अमेरिका र हङकङबाट समान दुई-दुई तथा भारतबाट ३९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । गर्ल्समा नेपालबाट नौ, हङकङ, बेल्जियम, रुस र थाइल्यान्डबाट एक–एक, मङ्गोलियाबाट दुई र भारतबाट ४९ खेलाडी सहभागी हुने छन् ।

प्रतियोगिताको खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब रु १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?