Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

जनकपुरधाममा लागुऔषधसहित चारजना पक्राउ


धनुषा प्रहरीले जनकपुरधामबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरुलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रदेश २०२–००१ स ०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, ज६प १७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे छन् । त्यस्तै, नगराइन नगरपालिका–७ का ज११प ४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव, सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्काले जानकारी दिनुभयो ।

गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा जुटको बोरामा १० वटा कार्टुनमा राखी पीडारीचोकदेखि उत्तरतर्फ उक्त परिमाणको लागुऔषध लैजाँदै गरेको अवस्थामा बरामद गरिएको प्रमुख खड्काले बताउनुभयो ।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?