Trending
>>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


जसपा नेपाल ललितपुरको अध्यक्षमा महर्जन

१६ ,कात्तिक ,ललितपुर (गोदावरी) । जनता समाजवादी पार्टी ललितपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कर्म महर्जनलाई अध्यक्षमा सर्वसम्मतरुपमा चयन गरेको छ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा किरणकुमार महर्जन र सुमन खड्का तथा सचिवमा सुरेन्द्र महर्जन, उपसचिवमा अस्वेन्दर् महर्जन र कोषाध्यक्षमा सविनकुमार महर्जन

नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने पक्राउ

१६ ,कात्तिक ,काठमाडौँ । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय डिल्लीराम खनाल रहेका छन् । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन गरेकाले कारवाहीका लागि नेपाली सेनाले

एक्काइस मुहारचित्रमा ओली

१६ ,कात्तिक ,काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका २१ मुहार चित्र यतिबेला नेपाल कलापरिषद् बबरमहलमा प्रदर्शनमा राखिएका छन् । उनलाई प्रत्यक्ष हेरेर कलाकारले क्यान्भासमा भरेका चित्रले ओलीको जीवनकालका हरेक मोडलाई झल्काएको छ । चित्रमा अध्यक्ष ओलीका राजनीतिक जीवनकालका आरोहअवरोह र राजनीतिक उतारचढाव देख्न पाइन्छ । कलाकार

मापदण्डविपरीत सञ्चालित खानेपानी उद्योग ‘सिल’

१६ ,कात्तिक ,काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित एक खानेपानी उद्योग सिल गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँ, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसमेतको टोलीले हिजो नाम ठेगाना नखुलेको एक उद्योगको स्थलगत निरीक्षण तथा अनुगमन गरी सिल गरेको हो ।

तिहारका लागि विद्यालयमा फूल उत्पादन

१६ ,कात्तिक ,धुलिखेल । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत फूल खेती गरिएको हो । विद्यालय संयोजक एवं जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीका अनुसार रु ३०

‘गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै’

१६ ,कात्तिक ,वालिङ (स्याङ्जा) । स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख आम्दानी गरेका थिए । यसपाली बजार अभावका कारण कागती बोटमै छ । उनले हालसम्म बिक्री गर्न सकेका छैनन् ।

राप्तीमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै

१६ ,कात्तिक ,चितवन । चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास गर्दैआएकालाई घरटहरा हटाउन तीन महिनाको समय दिइएको थियो ।

मन्त्री साउद र सिनेटर होलेनबीच भेटघाट

१६ ,कात्तिक ,वासिङ्टन डिसी । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच बुधबार यहाँ भेटघाट भएको छ । भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो । साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । सिनेटर

राष्ट्रियसभा बैठक बस्दै, विद्युत व्यापार विधेयकको प्रतिवेदन पेश हुने

काठमाडौ। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको पत्र सबन्धी को ब्यहोरा जानकारी गराउने कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘विद्युतीय व्यापार

रिगलको आममाफीविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने

काठमाडौँ। नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिइएको विरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा हिजो बहस सकिएकाले आज फैसला सुनाउन लागिएको हो । संविधान दिवसका

सम्वन्धित समाचारहरु