Trending
>>   हिमालको संरक्षण र आदिवासी जनजातिका आवश्यकता सम्बोधन गर्न सरकार प्रतिवद्ध छः मन्त्री पाण्डे >>   काँग्रेसले खुट्टा डग्मगाए आदिवासी–जनाजातिका मुद्दा सकिन्छन्ः महामन्त्री थापा >>   आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्छः सभापति देउवा >>   गत आर्थिक वर्षमा ८ लाख ३९ हजार नेपालीले लिए वैदेशिक रोजगारका लागि श्रम स्वीकृति >>   सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल >>   महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कन्छौं– कप्तान मानमति बिष्ट >>   वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन >>   सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता >>   सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकताः झलनाथ खनाल >>   एमालेसँग एकताको कुनै सम्भावना छैनः माधव नेपाल
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने पक्राउ


१६ ,कात्तिक ,काठमाडौँ । सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय डिल्लीराम खनाल रहेका छन् ।

सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन गरेकाले कारवाहीका लागि नेपाली सेनाले पत्राचार गरेपछि साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्ने क्रममा खनालको संलग्नता रहेको खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?