३ असार ,झापा । हुलाकी राजमार्गको झापा सडकखण्डमा रहेको विरिङ नदीको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा बनिरहेको सडकको सो पुल चालु आर्थिक वर्षको असार मसान्तसम्ममा सञ्चालनमा ल्याउने योजनाका साथ काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले बताए । विसं २०६८
३ असार ,दोधारा चाँदनी । पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर पनि जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी
२ असार ,महेन्द्रनगर । चीनमा हुन लागेको १९औँ संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) मा सुदूरपश्चिम प्रदेशबाट नौ खेलाडीले भाग लिने भएका छन् । प्रतियोगिताका लागि महिला कुस्तीमा सुदूरपश्चिमबाट सात खेलाडी छानिएको कञ्चनपुरका कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिए । “कबड्डी टिममा बाह्रमध्ये सात महिला खेलाडी सुदूरपश्चिमबाट छन्”, प्रशिक्षक भट्टले भनेयो,
२ असार ,देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयतामा चुनौती थपिएको बताएकि छन् । दाङको घोराहीमा सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षा अहिलेको मुख्य चुनौती
२ असार ,काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,
२ असार ,काठमाडौँ । विश्वव्यापी परिप्रेक्ष्यमा नेपालका सञ्चारमाध्याम र पत्रकारिता क्षेत्रको अवस्थितिबारे विस्तृत अध्ययन समेटिएको पुस्तक ‘ग्लोबल प्रस्पेक्टिभ अन जर्नालिजम इन नेपाल’ को नेपाली संस्करण सार्वजनिक भएको छ । काठमाडौँस्थित कान्तिपुर सिटी कलेजमा आयोजित एक औपचारिक कार्यक्रमका बीच पुस्तक सार्वजनिक भएको हो । नेपालको पत्रकारिता र सञ्चारमाध्यमका समसामयिक अभ्यासमा केन्द्रित
२ असार ,काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौँ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेकाले स्पष्ट
२ असार ,तुलसीपुर । दाङ शान्तिनगर गाउँपालिका-१ का भूमिहीन सुकुम्वासीलाई अस्थायी निस्सा ‘सेतो पुर्जा’ वितरण गरिएको छ । पहिलो चरणमा वडाका पाँच सय ३४ जनालाई सेतो पुर्जा वितरण गरिएको वडाध्यक्ष जङ्गबहादुर पुनले जानकारी दिए । “अतिविपन्न भूमिहीन सुकुम्वासीलाई पहिलो चरणमा सेतो पुर्जा वितरण गरेका छौँ”, उनले भने, “अव्यवस्थित बसोबास गरेकालाई
२ असार ,कास्की । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने गरी सरकारले कार्यक्रम ल्याउने बताएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने खेलाडीको खेलपछिको जीवन सरल र सहज हुने गरी सरकारले कानुनी व्यवस्था गर्ने उनले स्पष्ट पारे । पोखरा रङ्गशालामा आजदेखि सुरु भएको
२ असार ,फुङ्लिङ । वर्षासँगै आएको बाढीले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनको विद्युतगृह बगाएपछि गाउँ नै अन्धकार भएको छ । शुक्रबार राति परेको वर्षासँगै बाढीले दुई विद्युतगृह बगाएपछि याम्फुदीन पूरै अन्धकार भएको हो । तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको पावरहाउस (विद्युतगृह) बाढीले पूरै बगाएको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदीनका