Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

दुर्घटनामा दुई जनाको मृत्यु


२९,असार ,दमक । झापामा गए राति छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे७प ८५९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार झापाको बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको छ ।

मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ का ५७ वर्षीय जीवन सुवेदी घाइते भएका छन् । प्रहरीले अटोचालक झापा गाउँपालिका–२ का ३० वर्षीय श्यामसुन्दर महतोलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी मेचीनगर–१२ धाइजनस्थित मेची लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको नम्बर नखुलेको बोलेरो जीपले पैदलयात्री स्थानीय ३५ वर्षीय राजन विकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?