Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

लुम्बिनी सहसंयोजकमा सहमहामन्त्री रिमाल


२९,असार ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी प्रदान गरेका छन् ।

अध्यक्ष लिङ्देनले यसअघि नै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरिसकेका छन् । यस्तै पार्टीले महामन्त्री कुन्तीकुमारी शाहीको नेतृत्वमा महिला विभाग गठन गरेको छ ।

विभाग उपप्रमुखमा पार्टीका कार्यसम्पादन समिति सदस्य रेखा थापा, सदस्यसचिवमा अधिवक्ता सवान्त थापा तथा सदस्यमा सरस्वती लामा, नानु लामा नगरकोटी, बबिता शाही, इन्दिरा शाही र रीता कुँवर रहेका छन् ।

पार्टीले आगामी छ महिनाभित्र हरेक तहमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्ने नीति लिएको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिए ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?