Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

आफै पेश गरेको विधेयकको विषय थाहा नहुने मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ : नेम्बाङ


२९,असार ,काठमाडौँ । बिधुतिय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरेको घटनालाई नेकपा एमाले नेता सुवासचन्द्र नेम्बाङले लज्जास्पद भएको बताए ।

बिहीबार राष्ट्रियसभामा विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरेका थिए ।

विधेयकमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसदहरु विमला घिमिरे, भगवती न्यौपाने, तुलसाकुमारी दाहाल तथा कांग्रेस सांसद जितेन्द्रनारायण देवले बिजुली व्यापारको कुरा गरेका थिए ।

सांसदहरुले सैद्धान्तिक छलफलमा धारणा राखिसकेपछि जवाफ दिन आएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रिजालले समेत बिजुली व्यापारकै कुरा गरे ।

नेम्बाङले सरकारका सम्बद्ध मन्त्रीलाई आफूले पेश गरेको विधेयकको विषयमा नै थाहा नहुनु लज्जास्पद भएको भन्दै मन्त्री रिजालले नैतिक जिम्मेवारी लिनु पर्ने बताए ।

बैठकमा विधेयकको विषय भन्दा फरक विषयमा सांसदहरुले धारणा प्रस्तुत गरे पनि बैठकको अध्यक्षता गरिरहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै प्रतिक्रिया जनाएका थिएनन् । उनले विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफल समाप्त भएपछि मात्र सांसद र मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?