१० असार, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले. आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० सो व्यवस्था गरेको छ । विधेयकअनुसार कुनै व्यक्ति, संस्था, कम्पनी वा फर्मले आफ्नो सेवा वा वस्तुको बिक्री वितरण वा
१० असार, काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पुर्याएर मात्रै सिफारिस गर्न वडा कार्यालयलाई परिपत्र गरेको छ । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ गत जेठ १७ मा राजपत्रमा प्रकाशित भइसकेको सोही ऐन र नियमावली बमोजिम प्रक्रिया पूरा गरेर मात्रै सिफारिस गर्न अनुरोध गरेको छ ।
१० असार, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव तीन प्रतिशत अर्थात् ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ अङ्कमा कायम भएको भएको हो । नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको एक करोड
१० असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिर परिसरमा राखिएको जलहरीको अनुगमन गर्ने भएको छ । अख्तियारको टोली जाने भएपछि पशुपतिनाथ मन्दिर परिसरबाट सबै भक्तजनलाई निकालेर सबै ढोकामा ताला लगाइएको छ। पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको उजुरीमा छानबिन गर्न अख्तियारका अधिकारीहरु जाने भएका हुन् । उक्त
१० असार, चितवन । भरतपुर महानगरपालिकालाई हरियाली र स्वच्छ सहर बनाइने भएको छ । महानगरपालिकाको आइतबार भएको १३औँ नगरसभामा नगर प्रमुख रेणु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो सहर, हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई अघि बढाइने बताएकी हुन् । नीति तथा कार्यक्रममा सडक, मिडियन गार्डेन, सडक आइल्यान्ड, पार्क, मनोरञ्जनस्थल र
१० असार, काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन २०७८/७९, महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिवेदन पेस गरेका हुन् । कानुनमन्त्री
१० असार, एजेन्सी । चीनमा तीन दिने ड्र्यागन बोट फेस्टिभल बिदामा कुल १० करोड ६० लाख आन्तरिक पर्यटकले भ्रमण गरेको जनाएको छ । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले बढी रहेको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ । बिहीबारदेखि शनिबारसम्म चल्ने बिदाको अवधिमा पर्यटन राजस्व ३७.३१ अर्ब युआन
१० असार, काठमाडाैँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले झापाको केचनाकबलमा साइरन जडान र सुनसरीमा सुरक्षा पोष्ट राख्न सरकारले कुनै पनि अनुमति नदिइएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रतिप्रश्नको जवाफमा उनले सीमा क्षेत्रलाई थप व्यवस्थित र चुस्त दुरुस्त बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
१० असार, काठमाडाैँ । यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै
१० असार, हेटाैँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउने आगामी वर्षबाट घर उपहार पाउने भएका छन् । दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको हो । ‘अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो