Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्छ : महामन्त्री थापा


८ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न पार्टीले कुनै पनि सम्झौता नगर्ने बताएका छन् । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसतिको बैठकमा आज उनले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै भने, “कांग्रेस भएका कारण कुनै पनि व्यक्तिले अतिरिक्त छुट पाउने र कोहीले अनावश्यक भारी पनि बोक्न हुँदैन ।”

उनले मन्त्रालयको सङ्ख्या बढाएर गठबन्धन टिकाउने अवस्थामा पार्टी नरहेको बताउँदै गठबन्धनका दलको स्वार्थका लागि पार्टीले सहयोग गर्न नहुने उल्लेख गरे । विसं २०८४ मा हुने निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक तयारी गर्नुपर्ने बताउँदै उनले आगामी दिनमा पार्टीको केन्द्रीय समितिको बैठक समयमै गर्न थप आवश्यक व्यवस्था गर्नुपर्ने आवश्कता औँल्याए ।

महामन्त्री थापाले आमनागरिकको जनसरोकारको विषय पार्टीले सम्बोधन गर्न नागरिक सम्बन्ध समन्वय विभागको प्रस्तावसमेत गरे । उनले भने, “देशलाई अप्ठ्यारो परेको बेला कांग्रेसले के गर्छ भन्ने जनचासो सम्बोधन गर्नुपर्छ । आमनागरिकको जनसरोकारको विषय सुन्ने नागरिक सम्बन्ध समन्वय विभाग र जिल्ला जिल्लामा त्यस्तो कार्यालय राख्नुपर्छ ।”

दलीयकरणको दुष्चक्र हटाउनुपर्ने धारणा व्यक्त गर्दै उनले सही व्यक्तिलाई सही ठाँउमा ल्याउन जोड दिनुपर्ने बताए । महामन्त्री थापाले पार्टी सङ्गठनमा समावेशीकरणको विषयमा भएका कमजोरी सच्चाउनुपर्ने, अध्ययन अनुसन्धान बढाउने र साधारण सदस्यसँगै सक्रिय सदस्यलाई अनलाइनबाटै व्यवस्थापन गर्न आवश्यक भएको उल्लेख गरे ।

उनले नेपालका राजनीतिक दलहरूमा नेतृत्व परिवर्तन असहज र अस्वाभाविक बनाइएकाले दलहरू सङ्कटमा पर्दै आएको धारणासमेत व्यक्त गरे । “लोकतन्त्रमा ‘एक्जिट’को व्यवस्था गरिएको हुन्छ । तर हाम्रोमा त्यो व्यवस्था गरिएको छैन”, उनले भने, “हाम्रा पार्टीहरू जमेको पोखरी जस्ता भए । राजनीतिक दलमा ३०/३५ वर्षदेखि चार÷पाँच जना मात्रै ‘म्युजिकल चेयर’ खेलेको जस्तो आलोपालो गर्दा आमनागरिकले परिवर्तन अनुभव गर्न पाएका छैनन ।”

महामन्त्री थापाले नेतृत्व परिवर्तनमा आफनो पहलकदमी निरन्तर रहनेसमेत प्रतिबद्धता गरे । संविधानअनुरूप कार्यान्वयन प्रभावकारी नभएको उल्लेख गर्दै उनले संविधानको स्वामित्व आफूहरूले लिनुपर्ने बताए । संविधानलाई मानेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न उठेका आवाजलाई समावेश गरेर जानुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

उनले संविधानको पूर्ण कार्यान्वयनका लागि कांग्रेसले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । कांग्रेसको आधारभूत मान्यतालाई बिर्सेर गठबन्धन गर्न नहुने उनको भनाइ थियो । सरकारले ‘डेलिभरी’लाई प्रभावकारी बनाउनुपर्ने बताउँदै उहाँले सुशासन प्रवर्द्धनमा कांग्रेस पारदर्शी हुनुपर्छ भने । आगामी दिनमा कांग्रेसले जनताले अनुभूति गर्नेगरी डेलिभरी गर्नुपर्ने बताउँदै उनले सङ्कटग्रस्त मुलुकको अर्थतन्त्रलाई सुधार गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?