Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

सेनेगलमा डुङ्गा डुब्दा सोह्र जनाको मृत्यु


८ ,श्रावण ,डकार । सेनेगलको राजधानीमा समीपको समुद्रमा डुङ्गा पल्टिँदा १६ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम अफ्रिकाबाट स्पेनको क्यानरी टापुहुँदै युरोप प्रवेश गर्न चाहने आप्रवासीहरू चढेको डुङ्गा डुबेको प्रारम्भिक अनुमान गरिएको डकारका उपप्रमुख साम्बा कान्दजीले बताएका छन् ।

यसैबीच, इन्डोनेसियाको सुलावेसी टापुको तटमा सोमबार काठको डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको खोजी तथा उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् ।

इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीको स्थानीय कार्यालयले मध्यरातमा ४८ जना सवार उक्त डुङ्गा डुबेको जनाएको छ । डुबेका छ जना यात्रीलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको उनीहरूले बताएका छन् ।

डुङ्गा डुब्नुको कारणबारे अनुसन्धान भइरहेको छ । दक्षिणपूर्वी सुलावेसीको केन्डारी सहरको स्थानीय खोज र उद्धार कार्यालयका प्रमुख मुहम्मद अराफाहीका अनुसार मुना टापुको सेन्ट्रल बुटोन रिजेन्सीको लान्टो र लागिली गाउँहरू बीचको खाडी पार गरिरहेका बेला दुर्घटना भएको हो ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?