Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

युद्ध अन्त्य गराउने प्रयासमा सुडानी नागरिक समाजको इजिप्टमा बैठक


८ ,श्रावण ,कायरो । सुडानका नागरिकहरूको राजनीतिक गठबन्धन समूह द फोर्सेस अफ फ्रिडम एण्ड च्यालेञ्जले देशमा एक सय दिनदेखि जारी युद्धलाई कसरी अन्त्य गर्नसकिन्छ भन्ने सम्बन्धमा इजिप्टको राजधानी कायरोमा गहन छलफल गरेको छ ।

दुई दिनसम्म सञ्चालन भएको उक्त बैठक सुडान सङ्कटको मूल कारणबारे नागरिकस्तरमा प्रत्यक्षरूपमा छलफल गर्न महत्वपूर्ण भएको गठबन्धनले एक विज्ञप्ति निकालेर बताएको छ ।

“उत्तरी अफ्रिकी देश भित्र र बाहिर सुडानीहरूको पीडालाई बढाउँदै जारी द्वन्द्वको अन्त्य तथा नागरिक लोकतान्त्रिक शासनको पुनःस्थापनालाई बैठकले जोड दिएको छ,”युद्धको अविलम्ब अन्त्य हुनुपर्नेमा जोड दिँदै विज्ञप्तिमा भनिएको छ ।

बैठकमा सहभागी सुडानका सात छिमेकी राष्ट्र इजिप्ट, इथियोपिया, दक्षिण सुडान, चाड, इरिट्रिया, मध्य अफ्रिकी गणतन्त्र र लिबियाका नेताहरूका साथै अफ्रिकी सङ्घ र अरब लिगका उच्च पदस्थ अधिकारीहरूले सुडानको एकता र सार्वभौमसत्ताप्रति पूर्ण सम्मान व्यक्त गर्दै आन्तरिक द्वन्द्वमा बाह्य हस्तक्षेप हुननहुनेमा जोड दिँदै युद्धरत पक्षलाई तत्काल युद्धविराम गर्न आह्वान गरेका छन् ।

साथै उनीहरूले अन्तरराष्ट्रिय मानवीय सहायता निकायलाई सुडानका छिमेकी देशसँग समन्वय गरी सहायता परिचालन गर्न अनुरोध पनि गरेका छन् । सुडान द्वन्द्वमा परी हालसम्म तीन हजारभन्दा बढीको मृत्यु भएको छभने कम्तीमा छ हजार घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयका अनुसार तीस लाख सुडानी विस्थापित भएका छन् । सुडानभित्रै २४ लाख ४० हजार विस्थापित भएका छन्भने छ लाख ६० हजार छिमेकी मुलुक पलायन भएका छन् ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?