१० ,श्रावण ,काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ र नेपाल भ्रमणका रहेका छिमेकी मित्रराष्ट्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच हिजो भेटवार्ता भएको छ । नेमकिपाका अध्यक्ष बिजुक्छेँ र चिनियाँ टोलीबीच दुईदेशको हित, आपसी सदभाव र सम्बन्धका
१० ,श्रावण ,लुम्बिनी । दानव खोलाको बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन् । दाउराको जोहो गर्न खोला किनार गएकी ३५ वर्षीय मालती यादव बेपत्ता भएकी प्रहरीले जनाएको छ । रूपन्देहीको सम्मरीमाई गाउँपलिका–७ हर्दी घर भएकी यादवले बाढीले बगाएर ल्याउदै गरेको दाउरा बढार्दै गर्दा खुट्टा चिप्लेर खोलामा बेपत्ता भएको पारिवारिक
१० ,श्रावण ,काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालनको पहल गरिदिन नेपालका लागि पाकिस्तानी राजदूतलाई आग्रह गरेको छ । चेम्बरको टोलीले हिजो नेपालका लागि पाकिस्तानी राजदूत अबरार हुसेन हाशमीलाई दुई मुलुकबीचको व्यापार सहजीकरण एवं पर्यटकीय गतिविधी वृद्धि गर्नका लागि सीधा हवाई सम्पर्क सञ्चालनका लागि पहल
१० ,श्रावण ,भोजपुर । राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बनेको छ । गत जेठ ३१ र असार ८ गते आएको बाढीले उक्त खोलासित जोडिएका छवटा सडक बगाएसँगै जनजीवन कष्टर बनेको हो । बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा मर्मत गरेर सञ्चालनमा ल्याउनसमेत
१० ,श्रावण ,डुम्रे । असार महिना विशेषगरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायःजसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ । पानी पर्याप्त नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको भानु नगरपालिका–२ का देवबहादुर कमली बताउछन्
१० ,श्रावण ,भजनी । पूर्व–पश्चिम राजमार्गबाट १४ किलोमिटरभित्र पर्ने लम्की–टीकापुर सडकखण्ड समयमै निर्माण हुन नसक्दा सर्वसाधारणलाई सास्ती भएको छ । सम्झौता सकिँदा पनि सडक निर्माणको जिम्मा लिएको कम्पनीले काम अधुरै छाडेको छ । सडक हिलाम्य भएको छ । यात्रुलाई हिँड्दा हैरानी भएको छ । “दैनिक हिँड्नुपर्छ । खाल्डाखुल्डी, धुलो र
१० ,श्रावण ,झापा । मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने अवस्था आएको हो । आर्थिक वर्ष २०७९/८० मा
१० ,श्रावण ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताए । आफ्नो
९ ,श्रावण ,खलङ्गा । दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ । जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार अन्दाजी १५ वर्षकी बालिका सडेको अवस्थामा शव मङ्गलबार
९ ,श्रावण ,चितवन । भरतपुर महानगरपालिकाले शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ अध्ययन गर्ने २८३ जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ । आवेदन दिएका आठ सय १९ जनामध्येबाट उनीहरुलाई छनोट गरिएको हो । महानगरपालिकाभित्र सञ्चालित दश जोड दुईमा अध्ययन गर्ने विद्यार्थीले अनलाइन माध्यमबाट भरेका फारमको मूल्याङ्कन गरी नतिजा प्रकाशन