Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

नेपाल पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको आग्रह


१० ,श्रावण ,काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालनको पहल गरिदिन नेपालका लागि पाकिस्तानी राजदूतलाई आग्रह गरेको छ ।

चेम्बरको टोलीले हिजो नेपालका लागि पाकिस्तानी राजदूत अबरार हुसेन हाशमीलाई दुई मुलुकबीचको व्यापार सहजीकरण एवं पर्यटकीय गतिविधी वृद्धि गर्नका लागि सीधा हवाई सम्पर्क सञ्चालनका लागि पहल गर्न आग्रह गरेको हो ।

जमलस्थित चेम्बर भवनमा आज भएको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदानप्रदान एवं अन्य आर्थिक, व्यापारिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।

हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र नीजि क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदूत हामीसँग आग्रह गरे । “नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा तीन घण्टाको छ, यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि र पर्यटन विस्तार गर्न सकिन्छ, सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधी वढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन”, अध्यक्ष मल्लले भने ।

अध्यक्ष मल्लले निजी क्षेत्रबीचको सहकार्यमार्फत, हवाई सेवा सञ्चालन, साना तथा मझौला उद्योगमा संयुक्त लगानी बढाएर दुवै देशले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको बताए । पाकिस्ताबाट नेपालले अहिले औषधि, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी वस्तु, जुत्ता, चप्पललगायतका वस्तु आयत गरेको छ भने मह, कफी, चिया, हस्तकलाका सामान, अलैँची, आँखाको लेन्स, उनी धागोलगायतका वस्तु निर्यात गर्दै आएको छ ।

काठमाडौँ कराँचीबीच सीधा हवाई सेवा सञ्चालन गर्न सकिए व्यापार सहजीकरण हुने र व्यापार घाटा पनि कम गर्न सकिने अध्यक्ष मल्लको भनाइ थियो । पाकिस्तानबाट वार्षिक औषत चार हजार हाराहारीमा पर्यटक नेपाल घुम्न आउने गरेका छन् । भेटमा नेपालका लागि पाकिस्तानी राजदूत हाशमीले पनि हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताए ।

नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाइदा हुने गरी आर्थिक सम्भावनाका क्षेत्रको पहिचान गर्नुपर्ने उनको भनाइ थियो । दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधि विस्तारका लागि आफूले पहल गर्ने राजदूत हासमीले बताए ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?