Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

भरतपुरका २८३ जना विद्यार्थीलाई छात्रवृत्ति


९ ,श्रावण ,चितवन । भरतपुर महानगरपालिकाले शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ अध्ययन गर्ने २८३ जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ ।

आवेदन दिएका आठ सय १९ जनामध्येबाट उनीहरुलाई छनोट गरिएको हो । महानगरपालिकाभित्र सञ्चालित दश जोड दुईमा अध्ययन गर्ने विद्यार्थीले अनलाइन माध्यमबाट भरेका फारमको मूल्याङ्कन गरी नतिजा प्रकाशन गरिएको हो ।

भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले विज्ञान सङ्कायमा एक सय ५३ जना र अन्यमा एक सय ३० जनाले छात्रवृत्ति पाएको बताए। भरतपुरका २९ वटा दश जोड दुईमा छात्रवृत्ति पाएका विद्यार्थीले शतप्रतिशत निःशुल्क अध्ययन गर्न पाउने छन् ।

जसमध्ये अरोमा कलेजमा ३९ जना, अर्किड कलेजमा ३१ जना, वाल्मीकि कलेजमा २६ जना, सप्तगण्डकी कलेजमा २१ जना, नारायणी पब्लिक स्कुलमा २१ जना गरी २८३ जनाले छात्रवृत्ति पाएका छन् ।

दश जोड दुईमा भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशतलाई अनिवार्यरुपमा छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । एसइईमा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए) लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको हो ।

विज्ञान सङ्कायमा छात्रवृत्तिका लागि विज्ञान, गणित र अङ्ग्रेजीमा विद्यार्थीले प्राप्त गरेको जीपीएलाई आधार मानिएको थियो भने अन्यमा गणित, अङ्ग्रेजी, नेपाली र सामाजिक विषयको जीपीलाई आधार बनाएर नजिता निप्काशन गरिएको पौडेलले बताए ।

जेहेन्दार ३७ प्रतिशत, गरिव तथा विपन्न ३६ प्रतिशत, आदिवासी जनजाती १० प्रतिशत, दलित ५ प्रतिशत, अपाङ्गता भएका र जनआन्दोलन घाइतेका सन्ततिलाई समान तीन/तीन प्रतिशत, सहिद, बेपत्ता परिवार र मधेस आन्दोलन घाइते सन्ततिलाई समान दुई/दुई प्रतिशतका आधारमा छनोट गरिएको हो ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?