Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

भरतपुरका २८३ जना विद्यार्थीलाई छात्रवृत्ति


९ ,श्रावण ,चितवन । भरतपुर महानगरपालिकाले शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ अध्ययन गर्ने २८३ जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ ।

आवेदन दिएका आठ सय १९ जनामध्येबाट उनीहरुलाई छनोट गरिएको हो । महानगरपालिकाभित्र सञ्चालित दश जोड दुईमा अध्ययन गर्ने विद्यार्थीले अनलाइन माध्यमबाट भरेका फारमको मूल्याङ्कन गरी नतिजा प्रकाशन गरिएको हो ।

भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले विज्ञान सङ्कायमा एक सय ५३ जना र अन्यमा एक सय ३० जनाले छात्रवृत्ति पाएको बताए। भरतपुरका २९ वटा दश जोड दुईमा छात्रवृत्ति पाएका विद्यार्थीले शतप्रतिशत निःशुल्क अध्ययन गर्न पाउने छन् ।

जसमध्ये अरोमा कलेजमा ३९ जना, अर्किड कलेजमा ३१ जना, वाल्मीकि कलेजमा २६ जना, सप्तगण्डकी कलेजमा २१ जना, नारायणी पब्लिक स्कुलमा २१ जना गरी २८३ जनाले छात्रवृत्ति पाएका छन् ।

दश जोड दुईमा भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशतलाई अनिवार्यरुपमा छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । एसइईमा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए) लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको हो ।

विज्ञान सङ्कायमा छात्रवृत्तिका लागि विज्ञान, गणित र अङ्ग्रेजीमा विद्यार्थीले प्राप्त गरेको जीपीएलाई आधार मानिएको थियो भने अन्यमा गणित, अङ्ग्रेजी, नेपाली र सामाजिक विषयको जीपीलाई आधार बनाएर नजिता निप्काशन गरिएको पौडेलले बताए ।

जेहेन्दार ३७ प्रतिशत, गरिव तथा विपन्न ३६ प्रतिशत, आदिवासी जनजाती १० प्रतिशत, दलित ५ प्रतिशत, अपाङ्गता भएका र जनआन्दोलन घाइतेका सन्ततिलाई समान तीन/तीन प्रतिशत, सहिद, बेपत्ता परिवार र मधेस आन्दोलन घाइते सन्ततिलाई समान दुई/दुई प्रतिशतका आधारमा छनोट गरिएको हो ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?