Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

समाचार


निर्माण व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

२९ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी समन्वयका आधारमा यथाशीघ्र माग सम्बोधन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता

४ दिन अघि नै स्वदेश फर्किए एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल

२९ श्रावण, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल स्वदेश फर्किएका छन् । युरोप भ्रमणमा रहेको नेपाल सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । श्रावण २२ गते अध्यक्ष नेपाल स्विजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतका देशको भ्रमणका लागि गर्का थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने

मोदीको विदाई,नवनियुक्त मन्त्री साहले सम्हालिन जिम्मेवारी

२९ श्रावण, काठमाडाैँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको पद तथा गाेपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलबाट मन्त्री साहले शपथ लिएकी हुन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट मन्त्री बन्नुभएका अमनलाल मोदीलाई पार्टीले फिर्ता

खाद्य तथा पेय पदार्थको गुणस्तर अनुगमन महानगरको प्राथमिकतामा

२९ श्रावण, काठमाडौं।खुल्ला रुपमा वेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफुलको बजारमा निगरानी बढाउनु पर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन निर्देशन दिनुभएको हो । बजार व्यवस्थापन तथा उपभोक्ता हित

कागबेनीमा बाढी : स्थानीय भन्छन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौँ’

२९ श्रावण, मुस्ताङ । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए । कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीको बाढी आएको सूचना पाएपछि भागदौड भएको थियो । “खाना खाने तयारी गर्दै

पहिरोले अवरुद्ध बैतडीका दुई राजमार्ग सञ्चालन

२९ श्रावण, बैतडी । पहिरोका कारण अवरुद्ध भएका बैतडीका जयपृथ्वी र दशरथ राजमार्ग पुनःसञ्चालन आएका छन् । गए राति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो । सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक

आज पनि बस्दै कांग्रेस संसदीय दलको बैठक

२९ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा संसद् र सरकारका कामलाई प्रभावकारी बनाउने सन्दर्भमा छलफल भयो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा ५० जना सांसदले बोलेको बताए । उनले सोमबारको बैठकमा

बैंकका सिइओलाई अर्थमन्त्रीको प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?

२९ श्रावण, काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे बैंकरहरूसँग जानकारी लिएका छन्। अर्थमन्त्री महतले आइतबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई मन्त्रालयमा बोलाएर बैंकिङ प्रणालीमा देखिएको समस्या र तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुका कारणबारे जानकारी लिएका हुन्। पछिल्लो समय अर्थमन्त्री महतले अर्थतन्त्र सुधारका लागि

‘घर ज्वाइँ’ मा दया र मिरुनाको जोडी फिक्स

२९ श्रावण, काठमाडाैँ । यो वर्षको पहिलो दिन प्रदर्शनमा भएको चलचित्र ‘जारी’ को सफलतापछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई अभिनय गराउने क्रम बढेको छ । उहाँ दुईले ‘नाङ्गो गाउँ’ र ‘रङ्गेली ग्याङस्टर’ पश्चात ‘घर ज्वाईँ’ मा अभिनय गर्ने तय भएको छ । दर्शक माँझ लोकप्रिय रहेकै कारण

गण्डकी प्रदेशसभा बैठक स्थगित

२९ श्रावण, गण्डकी । आज दिउँसो १ बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक मङ्गलबारका लागि सरेको छ । ‘बिजनेस’ नभएपछि गत बिहीबार डाकिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले मङ्गलबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी सूचनामार्फत दिएको छ । यसअघि गत बिहीबार बसेको

सम्वन्धित समाचारहरु