Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

गण्डकी प्रदेशसभा बैठक स्थगित


२९ श्रावण, गण्डकी । आज दिउँसो १ बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक मङ्गलबारका लागि सरेको छ ।

‘बिजनेस’ नभएपछि गत बिहीबार डाकिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले मङ्गलबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी सूचनामार्फत दिएको छ । यसअघि गत बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न नसकेपछि बैठक स्थगित भएको थियो ।

विपक्षी दल नेकपा (एमाले)ले सरकारले प्रदेशसभालाई बिजनेस दिन नसकेको जनाएको थियो । आजको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरिएको हो । अब बस्ने बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले बताए ।

सरकारले वन विधेयक पनि प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेकाले आगामी बैठकमा छलफलका लागि पेस हुने जनाइएको । एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईबस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुईटा प्रस्ताव पनि दर्ता गरेको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनि संसद्’ मानिने विषयगत समिति अझै गठन हुन सकेको छैन ।

प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले विषयगत समितिको नेतृत्वमा आ–आफ्नै दाबी अघि सारेका छन् ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?