Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

‘घर ज्वाइँ’ मा दया र मिरुनाको जोडी फिक्स


२९ श्रावण, काठमाडाैँ । यो वर्षको पहिलो दिन प्रदर्शनमा भएको चलचित्र ‘जारी’ को सफलतापछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई अभिनय गराउने क्रम बढेको छ । उहाँ दुईले ‘नाङ्गो गाउँ’ र ‘रङ्गेली ग्याङस्टर’ पश्चात ‘घर ज्वाईँ’ मा अभिनय गर्ने तय भएको छ । दर्शक माँझ लोकप्रिय रहेकै कारण दुवैलाई कलाकारको रुपमा अनुबन्धित गरिएको निर्माता जनक घर्तीमगरले जानकारी दिए ।

उनले भने, “चलचित्रमा हामीले केही कलाकार अनुबन्धित गरिसकेका छौँ । यसको अहिले लेखनको चरणमा छौँ । आउँदो माघबाट छायाङ्कन गर्ने छौँ ।” उनका अनुसार अनिल मगरले निर्देशन गर्ने चलचित्रमा वुद्धि तामाङ, शिशिर बाङ्ग्देल, पुस्कर गुरुङ, राज थापालगायत अनुबन्धित भइसकेका छन् ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?