Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

पहिरोले अवरुद्ध बैतडीका दुई राजमार्ग सञ्चालन


२९ श्रावण, बैतडी । पहिरोका कारण अवरुद्ध भएका बैतडीका जयपृथ्वी र दशरथ राजमार्ग पुनःसञ्चालन आएका छन् । गए राति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो ।

सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारीसाधन र यात्रु आ आफ्नो गन्तव्यतर्फ लागेका छन् । लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावितसमेत भएको छ ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?