काठमाडौं। सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण र त्यसको ब्याज अनुदान उपलब्ध गराउने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ निर्देशिका तयार गर्दै सरकारले मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपाङ्गे सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म ऋण पाउने
काठमाडौं। विश्व क्रिकेटका चर्चित खेलाडीलाई नेपाली मैदानमा हेर्ने समर्थकको उत्साहबीच नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण शुरु हुँदैछ । तर प्रतियोगिता शुरु हुनै लाग्दा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले खेलाडीलाई अब्जेक्सन लेटर (एनओसी) जारी गर्ने प्रक्रिया रोकेको चर्चासँगै एनपिएलका केही फ्रेन्चाइज टोलीको योजना
चीन। चीनको सिजाङमा ७.० म्याग्निच्युडको भूकम्प गएपछि छिमेकी छिङहाई प्रान्तस्थित एक आवासीय विद्यालयका १२० विद्यार्थीलाई करिव तीन मिनेटमै सुरक्षित स्थानमा सारिएको छ । चीनको सिजाङस्थित बाकेन काउन्टीमा गएको भूकम्पपछि विद्यालयका शिक्षकहरूले तत्काल उद्धार प्रक्रिया अघि बढाएका थिए । विद्यालयका एक शिक्षककाअनुसार नियमित रूपमा सञ्चालन गरिने विपद् व्यवस्थापन अभ्यासका कारण विद्यार्थीहरूलाई
काठमाडौं। लामो दसैँ बिदापछि आज सोमबारदेखि नेपालको सेयर बजार पुनः सञ्चालनमा आउँदैछ। दसैँअघि लगातार सात कारोबार दिन सकारात्मक रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिदाअघिको अन्तिम कारोबार दिन २,६३४.१७ विन्दुमा पुगेर बजार बन्द गरेको थियो। अन्तिम दिन नेप्से ८.२४ अंकले बढेको थियो। यसले बिदापछि बजारप्रति लगानीकर्ताको अपेक्षा सकारात्मक रहने आधार
✍️देवीलाल पाण्डे "पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि त ऊ केवल जीवित रहन्छ।" कहिलेकाहीँ यो वाक्य कठोर लाग्न सक्छ, तर जीवनको गहिराइमा पुगेर हेर्दा यसभित्र एउटा ठूलो सत्य लुकेको हुन्छ। १८ वर्षसम्म एउटा छोरा सपनामा बाँच्छ। उसलाई संसार सुन्दर लाग्छ, आकाश आफ्नै हो जस्तो लाग्छ, हरेक बाटो सफलतामा पुग्छ जस्तो
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् । दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले विगत ३५ वर्षमा केही भएन भन्नेहरु मनोगत ढङ्गले आरोप लगाएर मात्रै नहुने बताएका छन्
काठमाडौँ ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको
काठमाडौँ ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृति परिस्थिति चुनौतिपूर्ण बन्दै गएको बताएका छन् । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको जागरण अभियानको उद्घाटन गर्दै उनले अहिले सबै नेपालीले असहज परिस्थितिको सामना गरिरहेको बताएका छन् । साथै विश्व परिस्थिति पनि सहन नरहेको
काठमाडौँ।नेपाली कम्युनिष्ट पार्टीले विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक संकट, बढ्दो महँगी र जनजीविकाका सवालहरूलाई सम्बोधन गर्न देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडाबाट शनिवारदेखि मङ्सिर २५ गतेसम्मका लागि डेढ महिने देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको हो । कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल
काठमाडौँ।जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ । विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य