अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाली सङ्घले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले भन्नुभयो, “तपाईहरुका माग वा समस्या जे–जति छन्, ती सबैलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ, तर त्यसका लागि एउटै टेबलमा बसेर संवाद
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आज कान्ति बाल अस्पतालको अनुगमन गर्नुभएको छ । मन्त्रालयमा पदभार ग्रहण गरेपछि उहाँ महाराजगञ्ज पुगी अस्पतालको अनुगमन गर्नुभएको अस्पतालका कार्यकारी निर्देशक डा युवानिधि बसौलाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री गिरीले २५ शय्याको आकस्मिक कक्ष, सघन उपचार कक्ष (आइसियु), बच्चाको क्यान्सर शय्या, नवजात शिशुको
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माणमा ढिलाइ भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको नवलपुर खण्डमा अनुगमन गर्नुभएको छ । उहाँले आज दिउँसो सडकखण्डको गैँडाकोटदेखि कावासोतीसम्मको सडकखण्डको अवलोकन गर्नुभएको हो । मन्त्री श्रेष्ठले सडक विस्तारको काम भइरहेको गैँडाकोट तथा कावासोतीको विभिन्न क्षेत्रमा स्थलगत अनुमगन समेत गर्नुभएको छ । उहाँले
नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य सुदन किराँती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ । पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री हुनुभएको थियो । त्यसयता मुलुकले ४० जना पर्यटनमन्त्री पाइसकेको छ । विसं २०३५ मा भोजपुरको अेख्रेमा बुबा हर्कबहादुर राई र आमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । प्रधानमन्त्री दाहाल ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो । प्रधानमन्त्रीले नेता पुनको स्वास्थ्य उपचारमा खटिनुभएका चिकित्सकसँग आवश्यक जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ । माघी पर्वका लागि
रक्षामन्त्री हरि उप्रेतीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले हार्दिक स्वगत अभिवादन गर्नुभयो । नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन गर्दै सचिव अर्यालले मन्त्रालयको साथ, सहयोग र समन्वयन हुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीज्यूको नेतृत्वदायी भूमिकाले मन्त्रालयका लागि मात्र
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताउनुभएको छ । शिक्षा मन्त्रालयमा आज पदभार ग्रहणपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री खनालले शिक्षा क्षेत्रमा यसअघि काम गरेको आफ्नो अनुभवसमेतका आधारमा मुलुकको शैक्षिक गुणस्तर सुधारका पक्षमा आवश्यक नीति तथा कार्यक्रम
प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित निर्वाचन तालिका अनुसार माघ ४ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उहाँले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पु¥याउने बताउनुभयो । उहाँले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “नेपाली नागरिकले जबसम्म स्वदेशमै
आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ । चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका , विदेशी नागरिक एवं