Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

नेपाल खो खो विश्वकपको उपविजेता


काठमाडौँ। खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा सिमित भएको नेपाली टोली सोमवार स्वदेश फर्किंदैछ ।

भारतको नयाँ दिल्लीमा भएको महिला र पुरुष दुवैको फाइनलमा नेपाली टोली भारतसँग  पराजित हुँदै उपविजेतामा सीमित भएको हो । नेपाली टोली आज साँझ स्वदेश आइपुग्नेछ । नेपाली टोलीलाई बाजागाजासहित भव्य स्वागत गर्ने तयारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले जनाए । राखेप सदस्यसचिव घिसिङले  खेलकुद विकास नियमावली, २०७९ अनुरुप नेपाली टोलीले नगद पुरस्कार पाउने उल्लेख गरेका छन् । हाल पुरस्कार घोषणा लागि खेलाडी पर्खनुपर्ने अवस्था नरहेको र खेलाडीको सफलतासँगै कानूनी रूपमा नै उनीहरूले पुरस्कार पाउने व्यवस्था भइसकेको घिसिङको भनाइ छ । आईतवार भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्टेडियमा भएको फाइनलमा पुरूष टोली घरेलु टोलीसँग ५४–३६ ले पराजित भएको थियो ।

त्यसअघि महिला टोलीले पनि भारतसँग ७८–४० ले पराजित भएको थियो । नेपालको पुरुष टोली यस विश्वकपमा दोस्रो पल्ट भारतसँग पराजित भएको हो । लिगचरणमा पनि नेपाल भारतसँग  ४२–३७ को प्रतिष्पर्धात्मक रूपमा पराजित भएको थियो । फाइनलमा भने नेपालले खासै चुनौती दिन सकेन ।

नेपाली महिला टोलीको अपराजित यात्रा फाइनलमा रोकिएको हो ।


प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?