Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सडक अनुगमन


उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माणमा ढिलाइ भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको नवलपुर खण्डमा अनुगमन गर्नुभएको छ । उहाँले आज दिउँसो सडकखण्डको गैँडाकोटदेखि कावासोतीसम्मको सडकखण्डको अवलोकन गर्नुभएको हो । मन्त्री श्रेष्ठले सडक विस्तारको काम भइरहेको गैँडाकोट तथा कावासोतीको विभिन्न क्षेत्रमा स्थलगत अनुमगन समेत गर्नुभएको छ । उहाँले सडक अनुगमनका क्रममा स्थानीयवासीसँग छलफल गर्दै सडक विस्तारको काम चाँडो हुने आश्वस्त पार्नुभयो ।

“यस सरकारको एकमात्रै एजेण्डा आर्थिक वृद्धिदर हो”, उहाँले भन्नुभयो, “त्यसका लागि सरकारको प्राथमिकता पूर्वाधार निर्माण रहेको छ ।” गैँडाकोट–११ भेँडाबारीका स्थानीयवासीसँग छलफल गर्दै स्थानीयवासीको समस्या आफूले बुझेको भन्दै उहाँले अहिले स्थलगत अवलोकनबाट थप समस्याबारे आफू जानकार रहेको बताउनुभयो । सडक विस्तारको काममा ढिलाइ हुँदा स्थानीयवासीले आफूहरूको स्वास्थ्यमा समस्या देखिन थालेको गुनासो गरेका थिए । सडक विस्तारका लागि बिजुलीको पोल सार्नुपर्नेमा पोल झारेको लामो समय बितिसक्दासमेत पोल नसारिएको गुनासो गरेका थिए । सो क्रममा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पूर्वखण्ड प्रमुख इन्जिनियर रमेश दिष्टीले गैँडाकोटको केही ठाउँमा पोल सार्न ढिलाइ भए पनि अब काम तीव्र गतिमा हुने बताउनुभयो । सडक विस्तारका लागि सबै अवरोध हटिसेकाले अब काम तीव्र गतिमा बढ्ने दिष्टीको भनाइ थियो । अनुमगनका क्रममा मन्त्री श्रेष्ठसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नवलपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, निर्माण कम्पनीका प्रतिनिधिसमेत सहभागी छन् ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?