Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सडक अनुगमन


उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माणमा ढिलाइ भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको नवलपुर खण्डमा अनुगमन गर्नुभएको छ । उहाँले आज दिउँसो सडकखण्डको गैँडाकोटदेखि कावासोतीसम्मको सडकखण्डको अवलोकन गर्नुभएको हो । मन्त्री श्रेष्ठले सडक विस्तारको काम भइरहेको गैँडाकोट तथा कावासोतीको विभिन्न क्षेत्रमा स्थलगत अनुमगन समेत गर्नुभएको छ । उहाँले सडक अनुगमनका क्रममा स्थानीयवासीसँग छलफल गर्दै सडक विस्तारको काम चाँडो हुने आश्वस्त पार्नुभयो ।

“यस सरकारको एकमात्रै एजेण्डा आर्थिक वृद्धिदर हो”, उहाँले भन्नुभयो, “त्यसका लागि सरकारको प्राथमिकता पूर्वाधार निर्माण रहेको छ ।” गैँडाकोट–११ भेँडाबारीका स्थानीयवासीसँग छलफल गर्दै स्थानीयवासीको समस्या आफूले बुझेको भन्दै उहाँले अहिले स्थलगत अवलोकनबाट थप समस्याबारे आफू जानकार रहेको बताउनुभयो । सडक विस्तारको काममा ढिलाइ हुँदा स्थानीयवासीले आफूहरूको स्वास्थ्यमा समस्या देखिन थालेको गुनासो गरेका थिए । सडक विस्तारका लागि बिजुलीको पोल सार्नुपर्नेमा पोल झारेको लामो समय बितिसक्दासमेत पोल नसारिएको गुनासो गरेका थिए । सो क्रममा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पूर्वखण्ड प्रमुख इन्जिनियर रमेश दिष्टीले गैँडाकोटको केही ठाउँमा पोल सार्न ढिलाइ भए पनि अब काम तीव्र गतिमा हुने बताउनुभयो । सडक विस्तारका लागि सबै अवरोध हटिसेकाले अब काम तीव्र गतिमा बढ्ने दिष्टीको भनाइ थियो । अनुमगनका क्रममा मन्त्री श्रेष्ठसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नवलपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, निर्माण कम्पनीका प्रतिनिधिसमेत सहभागी छन् ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?