Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

नेता पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुमेरु अस्पतालमा


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । प्रधानमन्त्री दाहाल ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।

प्रधानमन्त्रीले नेता पुनको स्वास्थ्य उपचारमा खटिनुभएका चिकित्सकसँग आवश्यक जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका गत शनिबारदेखि सुमेरु अस्पतालमा भर्ना हुनुभएको हो । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिनपहिले रोल्पा पुग्नुभएको थियो । रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकोप्टरबाट अस्पताल ल्याइएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँले केही समयपहिले चीनको एक अस्पतालमा उपचार गराउनुभएको थियो । जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौँ ल्याइएको थियो ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?