Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

‘कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरु समेटिनुपर्छ’


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्वका साथ उठाउनुपर्ने बताएका छन् ।

सोमवार काठमाडौंमा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह—२०८१ को समापन समारोहलाई सम्बोधन गर्दै बताएका उनले सरकारले अहिले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्ने कुरा अहिले मौकाको रुपमा रहेको बताए । उनले कृषि विधेयकमा अहिले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दै माघको २० गतेसम्म संसदमा दर्ता गर्ने तयारी गरिएको बताए । अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानूनहरु बनाएपनि मुल कानून बनाउन नसकिएकाले अब बन्ने कानून कृषिको मुल कानून हुने बताए । कृषिको मुल कानून बनाउन नसक्दा कृषिले गति लिन नसकेको बताउदै उनले रैथाने बीउबिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्वपूर्ण रुपमा हेरिनुपर्ने बताएका छन् ।

महामन्त्री थापाले भने, ‘एउटा मौका अहिले आएको छ । अहिले कृषि मन्त्रालयले कृषि विधेयकमा काम गरिरहेको छ । कृषि विधेयक २० गतेभित्रमा संसदमा दर्ता गर्ने भन्ने मन्त्रालयको तयारी छ । अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानूनहरु बनाएपनि यसको मुल कानून हामीले अहिलेसम्म बनाएनौँ । जसको कारणले गर्दा नेपालको एग्रिकल्चरको डिरेक्शन कुन हुने भन्ने सन्दर्भमा जुन गति समात्नुपर्ने थियो, जुन लय हामीले समात्नुपर्ने थियो, त्यो ठाउँमा हाम्रा केही ग्यापहरु छन् । कृषि मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक हाम्रो लागि एउटा महत्वपूर्ण दस्तबेज बन्नसक्छ । खासगरी रैथाने बीउबिजन, उत्पादन यो सबै जैविक विविधताको संरक्षणसँग जोडिन्छ । कृषि जैविक विविधताको संरक्षण हाम्रो कृषिको मुल आधार बन्छ की बन्दैन भन्नेकुरा यो कानूनले टुंग्याउँछ । यो पटक सरकारले ल्याउने जुन कानून छ, त्यो कानूनमा कृषिको जैविक विविधताको विषय नेपालको एग्रिकल्चरको मुल विषय हो भन्नेकुरा पार्न सक्नुपर्छ ।’

महामन्त्री थापाले जलवायु परिवर्तनसँग जोडिएका विषयहरु महत्वका साथ उठाइएको तर कृषि जैविक विविधताको विषय महत्वपूर्ण बन्न नसकेको बताए ।


प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?