Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

स्वास्थ्यमन्त्री गिरीद्वारा कान्ति अस्पतालको निरीक्षण


नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आज कान्ति बाल अस्पतालको अनुगमन गर्नुभएको छ । मन्त्रालयमा पदभार ग्रहण गरेपछि उहाँ महाराजगञ्ज पुगी अस्पतालको अनुगमन गर्नुभएको अस्पतालका कार्यकारी निर्देशक डा युवानिधि बसौलाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री गिरीले २५ शय्याको आकस्मिक कक्ष, सघन उपचार कक्ष (आइसियु), बच्चाको क्यान्सर शय्या, नवजात शिशुको एचडियु (हाइडिपेडेन्सी युनिट) र कुरुवा घरको अनुगमन गर्नुभयो । अनुगमनका क्रममा मन्त्री गिरीले नवजात शिशुको मृत्युदर कसरी घटाउने भन्नेमा चासो राख्नुभएको अस्पतालका निर्देशक डा बसौलाले बताउनुभयो । नेपालमा अहिले प्रतिएक हजारमा २१ जना बाल मृत्युदर हुने गरेको छ ।

सन् २०३० दिगो विकास लक्ष्यअनुसार बालमृत्युदर १२ जनामा झार्ने लक्ष्य राखिएको छ । कुरुवा घरमा बिरामीका कुरुवासँग उपचार र बस्ने सुविधाका बारेमा कुरा गर्नुभएको अस्पतालका निर्देशक डा बसौलाले जानकारी दिनुभयो । उहाँले नवनियुक्त मन्त्री गिरीसँग जनशक्ति र उपकरण अभाव रहेको जानकारी गराएको बताउनुभयो । मुलुकको एकमात्र बाल अस्पतालका रूपमा अस्पतालमा तीन सय ३० शय्या सञ्चालनमा रहेको छ । दैनिक छ सयभन्दा बढी बालबालिका उपचार हुने अस्पतालले एक हजार शय्याको अति विशिष्टीकृत बाल अस्पताल बनाउने सरकारको योजना रहेको छ ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?