Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

स्वास्थ्यमन्त्री गिरीद्वारा कान्ति अस्पतालको निरीक्षण


नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आज कान्ति बाल अस्पतालको अनुगमन गर्नुभएको छ । मन्त्रालयमा पदभार ग्रहण गरेपछि उहाँ महाराजगञ्ज पुगी अस्पतालको अनुगमन गर्नुभएको अस्पतालका कार्यकारी निर्देशक डा युवानिधि बसौलाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री गिरीले २५ शय्याको आकस्मिक कक्ष, सघन उपचार कक्ष (आइसियु), बच्चाको क्यान्सर शय्या, नवजात शिशुको एचडियु (हाइडिपेडेन्सी युनिट) र कुरुवा घरको अनुगमन गर्नुभयो । अनुगमनका क्रममा मन्त्री गिरीले नवजात शिशुको मृत्युदर कसरी घटाउने भन्नेमा चासो राख्नुभएको अस्पतालका निर्देशक डा बसौलाले बताउनुभयो । नेपालमा अहिले प्रतिएक हजारमा २१ जना बाल मृत्युदर हुने गरेको छ ।

सन् २०३० दिगो विकास लक्ष्यअनुसार बालमृत्युदर १२ जनामा झार्ने लक्ष्य राखिएको छ । कुरुवा घरमा बिरामीका कुरुवासँग उपचार र बस्ने सुविधाका बारेमा कुरा गर्नुभएको अस्पतालका निर्देशक डा बसौलाले जानकारी दिनुभयो । उहाँले नवनियुक्त मन्त्री गिरीसँग जनशक्ति र उपकरण अभाव रहेको जानकारी गराएको बताउनुभयो । मुलुकको एकमात्र बाल अस्पतालका रूपमा अस्पतालमा तीन सय ३० शय्या सञ्चालनमा रहेको छ । दैनिक छ सयभन्दा बढी बालबालिका उपचार हुने अस्पतालले एक हजार शय्याको अति विशिष्टीकृत बाल अस्पताल बनाउने सरकारको योजना रहेको छ ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?