Trending
>>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

समाचार


विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

१९ ,असोज ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक (सामान्य) छलफल सकिएको छ । उक्त छलफलमा ६० भन्दाबढी सांसद्ले भाग लिएका थिए । सभाको आगामी बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेछन् । प्रतिनिधिसभाको अर्काे बैठक यही असोज २१ गते आइतबार

शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सांसदको माग

१९ ,असोज ,काठमाडौँ । संविधानले परिकल्पना गरेको समाजवादमा पुग्नका लागि गुणस्तरीय, पहुँचयोग्य र समावेशिता चरित्रसहितको शिक्षा प्रणालीको विकास गरिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ माथिको छलफलका क्रममा सांसदहरुले शिक्षालाई सर्वसुलभ र सबैको पहुँचमा पुग्ने बनाउनुपर्ने बताए । उनिहरुले आन्दोलनरत शिक्षकसँग भएका सहमतिको अक्षरशः

अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ

१९ ,असोज ,काठमाडौँ । अनलाइन बेटिङबाट रु २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निजलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साह रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँ मीनभवनका

कैद माफीबारे प्रधानमन्त्री कार्यालयसँग जानकारी माग

१९ ,असोज ,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा दिइएको माफीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग जानकारी माग गरेको छ । सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(४) को खण्ड (घ) एवं मानव अधिकारको मान्यताअनुरुप कैद माफी

एमाले प्रदेश कमिटीको अधिवेशन

१९ ,असोज ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनको आज उद्घाटन गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे । “कतिपय विपक्षीहरूले अधिवेशनको सन्दर्भमा टिकाटिप्पणी गर्ने गरेको एमालेमा भिडन्त भयो भनेर हौवा फैलाएका

घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई सरकारले ५० हजार राहत दिने

काठमाडौं । सरकारले भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ राहत दिने भएको छ । भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम घोषणा गरेका हुन् । यस्तै भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा

एसियन गेम : अफगानिस्तानले पाकिस्तानलाई हराउँदै फाइनलमा प्रवेश

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । हाङझाउमा आज भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । यो जितसँगै अफगानिस्तानले फाइनलमा भारतसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो

जनतासँग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियान : अध्यक्ष नेपाल

मनहरी, मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतासँग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियान सुरु गरिएको बताएका छन् । सरकारले नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि काम गर्नुपर्ने भन्दै अध्यक्ष नेपालले गाँउ-गाँउमा कृषि क्रान्तिको अभियान लिएर अघि बढन कार्यकर्तालाई आह्वान गरे । शुक्रबार हेटौंडामा आयोजित समाजवादी

ब्रेकिङ डान्सर दीपक एसियाडमा पहिलो चरणबाटै बाहिरिए

हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत डान्स स्पोर्ट्सको ब्रेकिङ विधामा नेपालका दीपक लामा पहिलो चरणबाटै बाहिरिएका छन् । पुरुषतर्फ शुक्रबार भएको प्रि सेलेक्समा प्रतिस्पर्धा गरेका उनी पहिलो चरणबाट अघि बढ्न सकेनन् । प्रिसेलेक्सनमा कुल २५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा दीपक २३औं स्थानमा रहे । दीपकले ताजिकिस्तानका दुई खेलाडीलाई मात्र

भूकम्प पीडितलाई घर बनाइदिने प्रधानमन्त्रीको आश्वासन

बझाङ । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका प्रधानमन्त्रीले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन् । उनले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति

सम्वन्धित समाचारहरु