Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

ब्रेकिङ डान्सर दीपक एसियाडमा पहिलो चरणबाटै बाहिरिए


हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत डान्स स्पोर्ट्सको ब्रेकिङ विधामा नेपालका दीपक लामा पहिलो चरणबाटै बाहिरिएका छन् । पुरुषतर्फ शुक्रबार भएको प्रि सेलेक्समा प्रतिस्पर्धा गरेका उनी पहिलो चरणबाट अघि बढ्न सकेनन् । प्रिसेलेक्सनमा कुल २५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा दीपक २३औं स्थानमा रहे । दीपकले ताजिकिस्तानका दुई खेलाडीलाई मात्र पछि पारे । प्रिसेलेक्सनबाट शीर्ष १६ स्थानमा रहेका खेलाडीहरु भने अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

एसियाडमा पहिलो पटक नेपालले डान्स स्पोर्ट्समा सहभागिता जनाएको हो । दीपकले एसियाडअघि बेल्जियमा भएको वर्ल्ड डान्स च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । वर्ल्ड च्यामपियनसिपको अनुभव एसियाडमा प्रयोग गर्ने बताएका उनले सोचे अनुसारको नतिजा भने ल्याउन सकेनन् ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?