Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

ब्रेकिङ डान्सर दीपक एसियाडमा पहिलो चरणबाटै बाहिरिए


हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत डान्स स्पोर्ट्सको ब्रेकिङ विधामा नेपालका दीपक लामा पहिलो चरणबाटै बाहिरिएका छन् । पुरुषतर्फ शुक्रबार भएको प्रि सेलेक्समा प्रतिस्पर्धा गरेका उनी पहिलो चरणबाट अघि बढ्न सकेनन् । प्रिसेलेक्सनमा कुल २५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा दीपक २३औं स्थानमा रहे । दीपकले ताजिकिस्तानका दुई खेलाडीलाई मात्र पछि पारे । प्रिसेलेक्सनबाट शीर्ष १६ स्थानमा रहेका खेलाडीहरु भने अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

एसियाडमा पहिलो पटक नेपालले डान्स स्पोर्ट्समा सहभागिता जनाएको हो । दीपकले एसियाडअघि बेल्जियमा भएको वर्ल्ड डान्स च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । वर्ल्ड च्यामपियनसिपको अनुभव एसियाडमा प्रयोग गर्ने बताएका उनले सोचे अनुसारको नतिजा भने ल्याउन सकेनन् ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?