Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

एमाले प्रदेश कमिटीको अधिवेशन


१९ ,असोज ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनको आज उद्घाटन गरेका छन् ।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे ।

“कतिपय विपक्षीहरूले अधिवेशनको सन्दर्भमा टिकाटिप्पणी गर्ने गरेको एमालेमा भिडन्त भयो भनेर हौवा फैलाएका छन्,” अध्यक्ष ओलीले भने, “हारजित हुँदा मन दुख्न सक्छ, सहमति गर्नुस् । सहमति नभएमा लोकतान्त्रिक अभ्यास त छँदैछ ।”

कार्यक्रममा एमालेका महसाचिव शङ्कर पोखरेलले मुलुकमा आफ्नो पार्टीले एकल बहुमत प्राप्त गरेमा मात्रै समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताए ।

एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्रभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन भएको हो । उद्घाटनअघि शान्तिबाटिका (रत्नपार्क) बाट प्रदर्शनीमार्गसम्म पदयात्राको आयोजना गरिएको थियो ।

तीन सय चार प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । यस प्रदेश कमिटी मातहत बुद्धिजीवि विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी रहेको कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले जनाए ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?