छोटो भिडियो तथा फोटो शेयरिंग प्लाटर्फम: इन्स्टाग्रामले विश्वभरका सबै प्रयोगकर्ताका लागि रील्स डाउनलोड फिचर उपलब्ध गराउन सुरु गरेको छ भने यो फिचरका माध्यमबाट प्रयोगकर्ताहरुले थर्ड पार्टी एप प्रयोग नगरकिनै रील्स डाउनलोड गर्न पाउनेछन् । त्यस्तै, इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले आफ्नो प्रसारण च्यानलमा लेखेका छन्, अब तपाईंले कुनै पनि पब्लिक अकाउन्टको
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर स्वत: विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् । उनले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेका
काठमाडौं। राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्म निरपेक्षतालाई चुनौती दिने शक्ति अहिलेको समस्याको विकल्प हुन नसक्ने बताएको छ । देशमा कुशासन र भ्रष्टाचारले नागरिकको जीवनस्तर खस्किएको, अर्थतन्त्र संकट देखिएको र बेरोजगारी बढेको राजमोको निष्कर्ष छ,तर यो समस्या समाधानको उपाय गणतन्त्र र धर्म निरपेक्षतालाई चुनौतै दिने शक्तिसँग नरहेको अध्यक्ष चित्रबहादुर केसीले बताएका
फुङ्लिङ। कोशी प्रदेश नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हुदा पाथीभरा आएका सयौ यात्रुबीच बाटोमै अलपत्र परेका छन् भने मेची राजमार्गमा यातायातका साधन नचल्दा तीर्थयात्री अलपत्र परेका हुन् । यातायातका साधन नचल्दा मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्डअन्तर्गत काबेली, गणेश
काठमाडौं। राष्ट्रिय बालअधिकार परिषद्ले बाल संरक्षण मापदण्ड २०८० को मस्यौदा तयार गरी छलफलमा ल्याएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को सहकार्यमा आज परिषद्ले विज्ञ र सरोकारवालाबीच मस्यौदामा सुझाव लिएको हो । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ५७ बमोजिम विभिन्न क्षेत्रमा बालबालिकाविरुद्ध हुन सक्ने हिंसा र दुर्व्यावहार रोक्न
जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका-४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ भने सो घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिएका
काठमाडौं। आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ । उक्त मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको हो ।
दमौली,तनहुँ। म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु रु दश हजारका दरले राहत वितरण गरिएको हो । त्यस्तै, व्यवसाय पुनःस्थापन सहयोग कार्यक्रमअन्तर्गत ३१ जना किसानलाई ३५ पशुको प्रति
जुम्ला। जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेर मात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ । गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रूपमा नक्सा पास गरेको प्रमुख प्रशासकीय अधिकृत भिमा कँडेलले जानकारी दिएका छन् । यसअघि पालिकामा घर नक्सा पास सम्बन्धित कार्यविधि बनेको थिएन
काठमाडौं। रुसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले एक नेपाली मारिएको पुष्टि भएको र त्यसबारे विस्तृत सोधखोज भइरहेको बताएका छन् । रुस र युक्रेकबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका बेला एक नेपाली मारिएकै घटना सार्वजनिक भएको हो