Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

इन्स्टाग्रामले विश्वभरका सबै प्रयोगकर्ताका लागि रील्स डाउनलोड फिचर उपलब्ध गराउन सुरु गर्‍यो


छोटो भिडियो तथा फोटो शेयरिंग प्लाटर्फम:  इन्स्टाग्रामले विश्वभरका सबै प्रयोगकर्ताका लागि रील्स डाउनलोड फिचर उपलब्ध गराउन सुरु गरेको छ भने यो फिचरका माध्यमबाट प्रयोगकर्ताहरुले थर्ड पार्टी एप प्रयोग नगरकिनै रील्स डाउनलोड गर्न पाउनेछन् ।

त्यस्तै, इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले आफ्नो प्रसारण च्यानलमा लेखेका छन्, अब तपाईंले कुनै पनि पब्लिक अकाउन्टको रील सेभ गर्न सक्नुहुन्छ । डाउनलोड भएको रीलमा त्यसको सर्जकको ह्याण्डलको वाटरमार्क देखिनेछ । एडम मोसेरीका अनुसार प्राइभेट अकाउन्टमा शेयर गरिएका रील्सलाई भने डाउनलोड गर्न सकिने छैन । त्यस्तै पब्लिक अकाउन्टवाला प्रयोगकर्ताहरुले पनि रील्स डाउनलोड गर्ने फिचरलाई अकाउन्ट सेटिंग्समार्फत् अफ गर्न सक्नेछन् । यसबाट रील्स डाउनलोडको विकल्प निस्क्रिय हुनेछ । त्यस्तै, पाँच महिनाअघि कम्पनीले रील्स डाउनलोड गर्ने यो फिचर अमेरिकामा सुरु गरेको थियो, जुन अब नेपालसहित सबै मुलुकका प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । यसबाट रील्स डाउनलोडको विकल्प निस्क्रिय हुनेछ ।

यस्तो छ इन्स्टाग्राम रील्स डाउनलोड गर्ने विधि :-

१. सबैभन्दा पहिले सम्बन्धित रीललाई खोल्नुहोस् जसलाई तपाईं डाउनलोड गर्न चाहनुहुन्छ

२. त्यसपछि एपको दायाँ भागमा रहेको शेयर आइकनमा ट्याप गर्नुहोस्

३. त्यसपछि Copy Link अप्सनको छेउँमा रहेको डाउनलोडको अप्सन देखिनेछ

४. डाउनलोड अप्सनमा ट्याप गरेर तपाईं रील्स डाउनलोड गर्न सक्नुहुन्छ

हालसम्म प्रयोगकर्ताले इन्स्टाग्राममा रील्स डाउनलोड गर्नका लागि थर्ड पार्टी एप वा अन्य विभिन्न खाले उपाय अपनाउनु पर्दथ्यो । यसका अलावा प्रयोगकर्ताले रील्स डाउनलोड गर्नका लागि पहिले त्यसलाई आफ्नो स्टोरीमा सेट गर्नुपर्थ्यो र त्यसपछि मात्रै स्टोरी डाउनलोड गर्ने विकल्प उपलब्ध हुन्थ्यो ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?