Trending
>>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

इन्स्टाग्रामले विश्वभरका सबै प्रयोगकर्ताका लागि रील्स डाउनलोड फिचर उपलब्ध गराउन सुरु गर्‍यो


छोटो भिडियो तथा फोटो शेयरिंग प्लाटर्फम:  इन्स्टाग्रामले विश्वभरका सबै प्रयोगकर्ताका लागि रील्स डाउनलोड फिचर उपलब्ध गराउन सुरु गरेको छ भने यो फिचरका माध्यमबाट प्रयोगकर्ताहरुले थर्ड पार्टी एप प्रयोग नगरकिनै रील्स डाउनलोड गर्न पाउनेछन् ।

त्यस्तै, इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले आफ्नो प्रसारण च्यानलमा लेखेका छन्, अब तपाईंले कुनै पनि पब्लिक अकाउन्टको रील सेभ गर्न सक्नुहुन्छ । डाउनलोड भएको रीलमा त्यसको सर्जकको ह्याण्डलको वाटरमार्क देखिनेछ । एडम मोसेरीका अनुसार प्राइभेट अकाउन्टमा शेयर गरिएका रील्सलाई भने डाउनलोड गर्न सकिने छैन । त्यस्तै पब्लिक अकाउन्टवाला प्रयोगकर्ताहरुले पनि रील्स डाउनलोड गर्ने फिचरलाई अकाउन्ट सेटिंग्समार्फत् अफ गर्न सक्नेछन् । यसबाट रील्स डाउनलोडको विकल्प निस्क्रिय हुनेछ । त्यस्तै, पाँच महिनाअघि कम्पनीले रील्स डाउनलोड गर्ने यो फिचर अमेरिकामा सुरु गरेको थियो, जुन अब नेपालसहित सबै मुलुकका प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । यसबाट रील्स डाउनलोडको विकल्प निस्क्रिय हुनेछ ।

यस्तो छ इन्स्टाग्राम रील्स डाउनलोड गर्ने विधि :-

१. सबैभन्दा पहिले सम्बन्धित रीललाई खोल्नुहोस् जसलाई तपाईं डाउनलोड गर्न चाहनुहुन्छ

२. त्यसपछि एपको दायाँ भागमा रहेको शेयर आइकनमा ट्याप गर्नुहोस्

३. त्यसपछि Copy Link अप्सनको छेउँमा रहेको डाउनलोडको अप्सन देखिनेछ

४. डाउनलोड अप्सनमा ट्याप गरेर तपाईं रील्स डाउनलोड गर्न सक्नुहुन्छ

हालसम्म प्रयोगकर्ताले इन्स्टाग्राममा रील्स डाउनलोड गर्नका लागि थर्ड पार्टी एप वा अन्य विभिन्न खाले उपाय अपनाउनु पर्दथ्यो । यसका अलावा प्रयोगकर्ताले रील्स डाउनलोड गर्नका लागि पहिले त्यसलाई आफ्नो स्टोरीमा सेट गर्नुपर्थ्यो र त्यसपछि मात्रै स्टोरी डाउनलोड गर्ने विकल्प उपलब्ध हुन्थ्यो ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?