Trending
>>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

१५ ,असोज ,तुलसीपुर (दाङ) । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बताए ।

वडाध्यक्षको निधन

१५ ,असोज ,राजविराज (सप्तरी) । सप्तरीको डाक्नेश्वरी नगरपालकिाका–१ का वडाध्यक्षको आज निधन भएको छ । नगरपालकिाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले जानकारी दिए । ६५ वर्षका वडाध्यक्ष राय पछिल्लो छ महिनायता प्यारालाइसिसका कारण बिरामी परेका थिए । उनको धरानस्थित बीपी कोइराला

पूर्णरूपमा हट्यो मलङ्गवामा ‘कर्फ्यू’

१५ ,असोज ,मलङ्गवा (सर्लाही) । सर्लाही सदरमुकाम मलङ्गवामा रातिको समयमा जारी गरिँदै आएको ‘कर्फ्यू’लाई आजदेखि पूर्णरूपमा हटाइएको छ । यसअघि असोज ८ गते दिउँसोको कर्फ्यू हटाइएको थियो भने राति ८ बजे बिहान ४ बजेसम्म कर्फ्यू लगाइँदै आएको थियो । आज जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले

बालसुधार गृहबाट फरार दुवै बालकैदी पक्राउ

१५ ,असोज ,वीरगञ् । वीरगञ्जस्थित बालसुधार गृहबाट फरार भएका दुई बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ । बालसुधार गृहको छतबाट गत शुक्रबार बिहान हामफालेर फरार भएका सप्तरीका पाण्डव यादव र सर्लाहीका अमरकान्त ठाकुरलाई ४८ घण्टापछि आज छुट्टाछुटै स्थानबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सर्लाहीस्थित

उपभोग नै नगरेको विद्युत् महसुल तिर्न सकिँदैन : उद्योगी

१५ ,असोज ,लुम्बिनी । रुपन्देहीका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइनको नाममा उपभोग नै नगरेको विद्युत् महसुल असुल गर्न गरेको ताकेताप्रति गुनासो गरेका छन् । उद्योगीले आफूहरुको माग र उपभोग पनि नगरेको विद्युत् लाइनको सेवाबापतको महसुल असुल गर्न गरिएको ताकेताप्रति गुनासो गरेका हुन् । उद्योगीहरुको साझा व्यावसायिक संस्था रुपन्देही उद्योग सङ्घले

सांसदको दायित्व गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन लगाउने हो : नेत्री अग्रहरी

१५ ,असोज ,काठमाडौँ । नेकपा (एमाले) का नेत्री अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बतायी छन् । सांसदसँग संवादमा उनले कतिपय सांसद कानुन निर्माणभन्दा विकास निर्माणमा केन्द्रित भएको घटनाले आफूलाई अचम्मित तुल्याएको प्रतिक्रिया दिईन् । सांसद अग्रहरीले भनिन्, “जनताका प्रतिनिधिका

विद्यालयस्तरीय स्वास्थ्य साक्षरता कार्यक्रम

१५ ,असोज ,रसुवा । विद्यालयमा सञ्चालन गरिने स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमले छात्रछात्रामा सकारात्मक प्रभाव पर्ने औँल्याइएको छ । यस्ता प्रशिक्षणले उनीहरुको वृद्धि विकासमा टेवा पुग्नुको साथै यसको प्रभाव समाजमा समेत देखिएको छ । लाकोस संस्थाको सहयोगमा ‘सिप्ला सेकुरेटिज प्रालि’द्वारा हाइल्याण्ड आवासीय मावि धुञ्चेमा आयोजित स्वास्थ्य सम्बन्धी प्रशिक्षणबाट छात्रछात्रामा सकारात्मक परिवर्नत देखिएको

स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री पाण्डे

१५ ,असोज ,अन्नपूर्ण (कास्की) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता हुन नदिने बताएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाउन सबैले सामूहिक रुपमा काम गर्नुपर्दछ भने । गण्डकी प्रदेशमा

एक सय तीन बर्षीय प्रजापति महानगर पिताका रुपमा सम्मानित

कास्की । पोखरा महानगरपालिकाकाले वडा नं. २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगर पिताका रुपमा आइतबार सम्मान गरेको छ । ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसर पारेरलाई पोखरेललाई महानगरपालिकाले १५ हजार नगद सहित, दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । पोखरेललाई सम्मान गर्दै, वडा नं. २६

बसन्त’का दुई कृति एकसाथ बजारमा

काठमाडौँ। सहप्राध्यापक गोपाल पौडेल ‘बसन्त’का दुई कृति सार्वजनिक भएका छन् । ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अङ्ग्रेजी भाषा र साहित्यको प्राध्यापन गर्नु भएका ‘बसन्त’ को ‘हे देव तिमी’ मा

सम्वन्धित समाचारहरु