Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

पूर्णरूपमा हट्यो मलङ्गवामा ‘कर्फ्यू’


१५ ,असोज ,मलङ्गवा (सर्लाही) । सर्लाही सदरमुकाम मलङ्गवामा रातिको समयमा जारी गरिँदै आएको ‘कर्फ्यू’लाई आजदेखि पूर्णरूपमा हटाइएको छ ।

यसअघि असोज ८ गते दिउँसोको कर्फ्यू हटाइएको थियो भने राति ८ बजे बिहान ४ बजेसम्म कर्फ्यू लगाइँदै आएको थियो । आज जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले चारबुँदे निर्णय गर्दै मलङ्गवामा जारी कर्फ्यू आदेशलाई आजदेखि पूर्णरूपमा निष्क्रिय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रजिअ यादवका अनुसार मलङ्गवाको वातावरण समान्य भएपछि पूर्णरूपमा कर्फ्यू हटाइएको हो । यही असोज ४ गते बिहीबार राति १० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो । त्यसपछि असोज ८ गतेदेखि दिउँसोको कर्फ्यूलाई हटाइएको थियो भने राति ८ देखि बिहान ४ बजेसम्म कर्फ्यू आदेशलाई निरन्तरता दिँदै आएको थियो ।

सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले असोज ८ गतेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि राति ८ देखि बिहान ४ बजेसम्म जारी गरिँदै आएको कर्फ्यू आदेशलाई आजदेखि निष्क्रिय गर्ने, असोज १८ गतेका दिन उपप्रधानमन्त्री एवं गृहमन्त्रीको समेत उपस्थितिमा मलङ्गवामा बृहत् सद्भाव र्‍याली आयोजना गर्ने, सदियौँदेखि विभिन्न धर्मावलम्बीबीच कायम रहेको सामाजिक सद्भाव एवं भाइचारा कायम राख्न सबै पक्षले आ–आफ्नो दायित्व निर्वाह गरी सहयोग गर्ने र कृष्णाजन्माष्टमी मूर्ति विसर्जनका क्रमदेखि गणेश पूजाको मूर्ति विसर्जनसम्म भएका घटनामा ढुङ्गामुढा एवं छुरा प्रहार लगायतबाट भएका भौतिक तथा घाइते समेतको सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्ने र पुगेको क्षतिको मूल्याङ्कन एवं अनुसन्धान यथाशीघ्र जिल्ला प्रहरी कार्यालयबाट सम्पन्न गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?