Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

समाचार


नेपालले एक सय ८५ रनको लक्ष्य पायो

काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनायो । त्यस्तै, नेदरल्यान्ड्सका लागि

ओलीकाे प्रश्न-‘कांग्रेसले के विषयमा संविधान संशोधन गर्न खोजेको?’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन भनेर कांग्रेसले ब्ल्यांक फायर गरेको टिप्पणी गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले के विषयमा संविधान संशोधन गर्न खोजेको प्रष्ट नभएको बताए । ‘के हिसाबले संविधान संशोधन गर्ने भनेको हो थाहा छैन’, उनले भने, ‘संविधान संशोधन गर्नका

सकियाे ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाको माध्यमबाट अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गरेको बताउनुभएको छ । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ को आज समापन गर्दै उहाँले नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । “प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्छ, नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन भएको बताएका छन् । काठमाडौंमा सञ्चालित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ को आज समापन गर्दै उनले नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्वपूर्ण योगदान गरेको धारणा राखेको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई

साम्बाले वाफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् । फ्रान्स क्लबमा आबद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध बिहीबार राति हुने फाइनल खेल गुमाउने भएकी हुन् । सो क्लबसँगको सम्झौताअनुसार खेलाडीलाई फिफा विन्डो मितिहरूमा आयोजित प्रतियोगिता र टूर्नामेंटहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्न अनुमति

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । उक्त पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो । माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोख्रेल र सहइन्चार्जमा स्थायी समिति सदस्य

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

डोटी। भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका छन् । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र मानिएको खप्तडमा चालु आर्थिक वर्षको सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका हुन् । खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार यस वर्षको साउनदेखि माघ मसान्तसम्ममा १८ विदेशी

एमाले ‘मिसन ८४’ मा छ: अध्यक्ष ओली

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ रहेको थियो । आज विराटनगर आउनुभएका पूर्वप्रधानमन्त्री ओलीले

नाकामा अलपत्र परेकालाई वाणिज्य सङ्घले सहयोग गर्ने

महेन्द्रनगर,कञ्चनपुर। कञ्चनपुर उद्योग वाणिज्य सङ्घले यहाँको गड्डाचौकी सीमा क्षेत्रमा अलपत्र परेर उद्धार गरिएका यात्रुलाई गन्तव्यमा पुर्‍याउन आवश्यक सहयोग गर्ने भएको छ । यही फागुन २१ देखि ३० गतेसम्म वाणिज्य सङ्घको आयोजनामा हुने सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको प्रति टिकटबाट रु पाँच सामाजिक काममा खर्चिने सङ्घले निर्णय भएको

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यससँगै नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्नेछ । नेपाल पहिलो जितको खोजीमा छ ।

सम्वन्धित समाचारहरु