Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

विहान माधव नेपाल भेटे, गठबन्धन छाडेका महन्थ, सीके र रेशम चौधरी भेट्दै देउवा


जनकपुरधाम । नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई मधेश केन्द्रित तीन दलका अध्यक्ष एकसाथ भेट्न तयार भएका छन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी एकसाथ कांग्रेस सभापति देउवालाई भेट्न तयार भएका हुन् ।तीनै अध्यक्षलाई फोन गरेर सभापति देउवाले भेट्न आग्रह गरेका थिए । देउवाको आग्रह स्वीकारेर तीनै अध्यक्ष उनकै निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे भेट्न लागेका छन् ।

सभापति देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई रास्वपासहित सँगै मिलेर जान आग्रह गरेका छन् । बुधबार बिहान देउवासंगै पत्नि आरजु राणा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न माधव नेपालको निजी निवास कोटेश्वर पुगेका थिए ।


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?