Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

विहान माधव नेपाल भेटे, गठबन्धन छाडेका महन्थ, सीके र रेशम चौधरी भेट्दै देउवा


जनकपुरधाम । नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई मधेश केन्द्रित तीन दलका अध्यक्ष एकसाथ भेट्न तयार भएका छन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी एकसाथ कांग्रेस सभापति देउवालाई भेट्न तयार भएका हुन् ।तीनै अध्यक्षलाई फोन गरेर सभापति देउवाले भेट्न आग्रह गरेका थिए । देउवाको आग्रह स्वीकारेर तीनै अध्यक्ष उनकै निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे भेट्न लागेका छन् ।

सभापति देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई रास्वपासहित सँगै मिलेर जान आग्रह गरेका छन् । बुधबार बिहान देउवासंगै पत्नि आरजु राणा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न माधव नेपालको निजी निवास कोटेश्वर पुगेका थिए ।


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?