Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

बागमती प्रदेश सरकारबाट कांग्रेसका ६ मन्त्रीले दिए सामूहिक राजीनामा


काठमाडौं। बागमती प्रेदेश सरकारबाट कांग्रेसका ६ मन्त्रीले आज सामूहिक राजीनामा दिने दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा नयाँ गठबन्धन बनाएसँगै त्यसको असर स्वरुप बागमती प्रदेश सरकारबाट कांग्रेसका मन्त्रिले बुधबार अपराह्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।

बागमतीमा प्रेदेश सरकारमा कांग्रेसबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री रामकृष्ण चित्रकार, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पदबाट राजीनामा दिएका हुन्।

कांग्रेसले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।


प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?