१८ श्रावण, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए । “जस्तापाता
१८ श्रावण, मनाङ । हिमाली जिल्ला मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा ६ जना बिरामी परेका छन्। मङ्गलबार दिउँसो चामे गाउँपालिका–३ कोतोस्थित मनाङमा काम गर्ने छ जना मजदुरले सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन्। गोर्खाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोर्खाका दलबहादुर आले, गुन्जमान थापा, धादिङका प्रेमबहादुर घले, गोर्खाका वनबहादुर
१८ श्रावण, सुदूरपश्चिम । सुदूरपश्चिमका विभिन्न जिल्लामा हुड्को बजाएर गरिने नाच लोप हुने अवस्थामा पुगेको छ । पर्व, समारोह वा महत्वपूर्ण कार्यक्रमका पुरानो इतिहास झल्काउने गौरवगाथा जोडेर हुड्के नाच्ने चलन क्रमिक रुपमा घट्न थालेको छ । हुड्केली पश्चिम नेपालमा प्रचलित दमाईँ जातिले नाच्ने र गाउने लोकनृत्य एवम् गीत हो । सुदूरपश्चिममा
१८ श्रावण, ब्राजिलिया । रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरी कारबाही तीव्र पारिएको हो । ब्राजिलमा पछिल्ला दिनहरूमा यस्ता कारबाहीलाई राजनीतिक समर्थनसहित तीव्रता दिइएको छ । यद्यपि
१८ श्रावण, काठमाडाैँ । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयका अनुसार दार्चुलाको महाकाली नगरपालिका–३ बाजका २७ वर्षीय नरेन्द्रसिंह महर र सोही ठाउँका २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय
१८ श्रावण, काठमाडाैँ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १२ हजार ४ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन
१८ श्रावण, एजेन्सी। फ्रान्सले बिहीबार नाइजरको नयाँ शासकलाई नियामीमा आफ्नो दूतावासको सुरक्षाको "पूर्ण ग्यारेन्टी" गर्न आग्रह गरेको छ। विदेश मन्त्रालयले नाइजेरियन सुरक्षा बलहरूलाई "विदेशी कूटनीतिक अधिकार सम्वर्धन गर्दै कूटनीतिक कर्मचारीहरूको सुरक्षा" प्रत्याभूति सुनिश्चित गर्न आवश्यक उपायहरू अवलम्वन गर्न आग्रह गरेको छ । मन्त्रालयले भनेको छ - "यी कार्यहरू अन्तरराष्ट्रिय कानून अन्तर्गतका
१८ श्रावण, काठमाडाैँ । नेपाल शिक्षक महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विगतमा भएका सहमतिका विषय ‘विद्यालय शिक्षासम्बन्धी विधेयक’ मा समेटिनुपर्ने बताएको छ । महासङ्घले राहत शिक्षक, साविक उच्च माध्यमिक विद्यालय शिक्षक, बालकक्षा, अस्थायी, करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षकलगायतका विषयमा ध्यानाकर्षण गराउँदै आएको छ ।
१८ श्रावण, चितवन । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो ।
१८ श्रावण, काठमाडाैँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगङगा–६, रामेछाप घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २८ वर्षीय