Trending
>>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


भूकम्पबाट अवरुद्ध सडक खुला

जाजरकोट। शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ । त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडकसमेत

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई पौवादुङमाको दुई लाख सहयोग

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गरेको छ । आइतबारको गाउँकार्यपालिकाको निर्णयानुसार भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको हो । उक्त गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु दुई लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिदै भूकम्पले क्षति पुगेको दुःखद् घडीमा त्यहाँका नागरिकलाई गाउँपालिकाले

चलचित्र ‘अञ्जिला’को निर्माण

काठमाडौं। नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अञ्जिला’को निर्माण गरिएको छ । गत सातादेखि खेलाडी सुब्बाकै जन्मथलो इलामको आइतबारे आसपासमा यसको छायाङ्कन भइरहेको निर्देशक मिलन चाम्सले जानकारी दिएका थिए । “प्रेरणाको स्रोत बन्न सक्ने व्यक्तिको कथा हामीले भन्न जरुरी छ, मैले दोस्रो बायोपिक

जाजरकोट र रुकुम-पश्चिम क्षेत्रका जनताका लागि नयाँबसपार्कबाट निःशुल्क बस सेवा

काठमाडौं। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ । काठमाडौंमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहजता होस् भन्ने उद्देश्यले सो कम्पनीले निःशुल्क बससेवा सञ्चालन गरेको हो । उक्त कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

जुम्ला। जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए

भूकम्पको क्षतिको शोकमा नेपाली क्रिकेटरले गरे मौनधारण

काठमाडौं। आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरुले कालोपट्टी बाँधेर खेलेका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाएकाहरुको शोकमा नेपाली टिमले हातमा कालोपट्टी बाँधेर ओमानविरुद्ध क्रिकेट खेलेका हुन् भने नेपाली खेलाडीहरुले मौनधारण पनि गरेका छन् । उनीहरुले भूकम्पबाट भएको क्षति र त्यसबाट ज्यान गुमाउनेहरुको

गण्डकी प्रदेशले जाजरकोटका भूकम्प पीडितलाई १ करोड दिने

कास्की। गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निणर्य गरेको हो । शुक्रबार

भूकम्पबाट घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार भूकम्प पीडितहरुको उद्धारको काम सकिइसकेको छ । अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने

आईसीसी टी–२० विश्वकप छनोटमा नेपालले टस जितेर ब्याटिङ गर्ने

काठमाडौं। आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन् । जसमा नेपालको टिमः रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश

बाँकेमा उपचार गर्ने घाइतेको सङ्ख्या ३८ पुग्यो

१९ ,कात्तिक ,नेपालगन्ज । जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ । गए राति एम्बुलेन्सबाट थप छ बिरामी उपचारार्थ भेरी अस्पताल नेपालगन्जमा ल्याइएसँगै बिरामीहरुको सङ्ख्या ३८ पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । तीमध्ये दुई

सम्वन्धित समाचारहरु