Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

समाचार


बेलझुण्डी रङ्गशाला : निर्माण सम्पन्न भयो, हस्तान्तरण भएन

९ वैशाख ,तुलसीपुर । दाङमा बहुउद्देश्यीय रङ्गशाला निर्माण भए पनि हस्तान्तरण हुन सकेका छैनन् । दाङ तुलसीपुर–१७ बेलझुण्डीस्थित रङ्गशाला निर्माण भएको तीन वर्षहुँदा पनि हस्तान्तरण गरिएको छैन । एथ्लेटिक्स र फुटबल रङ्गशाला निर्माण भएको लामो समय भए पनि हस्तान्तरण हुन नसकेको जिल्ला खेलकुद विकास समितिका प्रमुख शान्ति सोमैले जानकारी दिए

बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप

९ वैशाख ,बलेवा । सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो । गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो । चार

उपनिर्वाचनः आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा

९ वैशाख ,भरतपुर । चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका हुन् । सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ ।

यी हुन् गण्डकी प्रदेश सरकारको सय दिनका उपलब्धि

९ वैशाख ,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारको नेतृत्व सम्हालेको सय दिन पूरा भएका अवसरमा सरकारले गरेका उपलब्धि सार्वजनिक गरेका छन् । गत पुस २५ गते गण्डकी प्रदेश सरकारको तेस्रो मुख्यमन्त्री बनेका उनले शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका १८ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री अधिकारीले मन्त्रालयको सङ्ख्या

कर्णाली प्रदेश कांग्रेसको प्रमुख सचेतकमा विष्ट

८ वैशाख ,कर्णाली । नेपाली कांग्रेस कर्णाली प्रदेशसभाको प्रमुख सचेतकमा हिक्मत विष्ट चयन भएका छन् । नेपाली काङ्ग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले विष्टलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो । प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई प्रमुख सचेतक चयन गरेको जानकारी दिए

कतार प्रहरीमा जागिर लगाउने प्रलोभनमा ६३ लाख ठगी

८ वैशाख ,काठमाडौँ । वैदेशिक रोजगारअन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिले १८ जनाको रु ६३ लाख ठगी गरेका छन् । उनीहरुबाट रु ६३ लाख ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई हाल काठमाडौँको टोखा बस्ने पूर्णकुमार दाहाललाई पक्राउ गरी कारबाही थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

८ वैशाख ,काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते

कानुन बनाउने नै प्रभावित हुँदा विकास असम्भव भयो : मुख्यमन्त्री शर्मा

८ वैशाख ,सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कानुन बनाउनेहरू नै प्रभावित हुँदा विकासका गतिविधि असम्भव भएको बताएका छन् । उनले कानुन जनताका प्रतिनिधिले नभई निश्चित स्वार्थ बोकेका व्यक्ति एवं संस्थाले बनाउने गरेका कारण विकासले गतिलिन नसकेको टिप्पणी गरे । नगर विकास कोषले आज आयोजना गरेको कर्णाणी प्रदेशस्तरीय कार्यशालामा

पाल्पामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

८ वैशाख ,रामपुर । पाल्पाको तिनाउ गाउँपालिका–३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुुटर चालकको मृत्युु भएको छ । गुल्मीबाट आज बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटर चालक बगनासकाली गाउँपालिका–४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको

मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा हिमपात

८ वैशाख ,गलेश्वर । मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा आज वर्षा र वेमौसमी हिमपात भएको छ । मुस्ताङको लोमान्थाङ, दामोदरकुण्ड लोघेकर, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका अधिकांश ठाउँमा हिमपात भएको हो । यहाँ वसन्त ऋतुमा वेमौसमी हिमपात भएको हो । हिमपातले चिसो बढेको मुक्तिनाथ मन्दिरका कर्मचारी रविन सुवेदीले

सम्वन्धित समाचारहरु