Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बेलझुण्डी रङ्गशाला : निर्माण सम्पन्न भयो, हस्तान्तरण भएन


९ वैशाख ,तुलसीपुर । दाङमा बहुउद्देश्यीय रङ्गशाला निर्माण भए पनि हस्तान्तरण हुन सकेका छैनन् । दाङ तुलसीपुर–१७ बेलझुण्डीस्थित रङ्गशाला निर्माण भएको तीन वर्षहुँदा पनि हस्तान्तरण गरिएको छैन ।

एथ्लेटिक्स र फुटबल रङ्गशाला निर्माण भएको लामो समय भए पनि हस्तान्तरण हुन नसकेको जिल्ला खेलकुद विकास समितिका प्रमुख शान्ति सोमैले जानकारी दिए । “रङ्गशाला निर्माण भएको २०७६ सालमा हो”, उनले भने, “तर, किन हो, अझै हस्तान्तरण भएको छैन ।”

अन्तर्राष्ट्रियस्तरको उक्त रङ्गशालामा आठौँ राष्ट्रिय फुटबल तथा एथ्लेटिक्स प्रतियोगिता सम्पन्न भएका थिए । हस्तान्तरण नहुँदा आफूहरुलाई संरक्षणमा समस्या हुने गरेको उनको भनाइ छ । अहिले जसोतसो संरक्षण गरेको भए पनि पूर्ण अधिकार नहुँदा गाह्रो भएको उनको भनाइ छ ।

उक्त रङ्गशाला निर्माण गरेको ठेकेदारले कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रङ्गशाला निर्माण गरिरहेको छ । राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेशस्तरको खेलकुद परिषद् कसले रङ्गशालाको संरक्षण र मातहतमा रहने विषय नटुङ्गिएपछि हस्तान्तरणमा समस्या भएको परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले जानकारी दिए।

कानुन अभावमा यस्तो समस्या देखिएको हो । रु २४ करोड २४ लाख लागतमा उक्त रङ्गशाला निर्माण भएको हो । दिवा एमए प्रतिष्ठा जेभीले भिआइपी प्याराफिटसहित रङ्गशाला निर्माण गरेको हो । रङ्गशालामा भिआइपी प्याराफिट, बाथरुम, बिजुली र रङरोगनसमेत गरिएको छ ।

रङ्गशालामा फुटबल मैदानका साथै सेन्थेटिक ट्रयाक पनि निर्माण गरिएको छ । जुन मोफसलमा पहिलो हो । त्यहाँ ‘भिआइपी’ प्याराफिटभित्र खेलाडीका लागि चेञ्जिङ रुम, अफिस, कन्फ्रेन्स हल, रेफ्रीका लागि छुट्टै कोठा निर्माण गरिएको छ । रङ्गशालाको पश्चिमतर्फ निर्माण गरिएको भिआइपी प्याराफिटमा चार सय १२ सिट छन् ।

रङ्गशालाको पूर्वी भागमा दर्शकका लागि साधारण प्याराफिट निर्माण गरिएको छ । भिआइपी प्याराफिटका लागि आवश्यक धातु तथा दर्शक बस्ने सिट मलेसियाबाट ल्याइएको हो । रङ्गशालामा प्रयोग गरिएका तारबारसमेत विदेशबाटै ल्याइएको हो । फिफा मापदण्डअनुसार निर्माण गरिएको फुटबल मैदानमा बरमुडा दुबो रोपिएको छ । यो दुबो भारतको कोलकताबाट ल्याएर रोपिएको हो ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?