Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

बेलझुण्डी रङ्गशाला : निर्माण सम्पन्न भयो, हस्तान्तरण भएन


९ वैशाख ,तुलसीपुर । दाङमा बहुउद्देश्यीय रङ्गशाला निर्माण भए पनि हस्तान्तरण हुन सकेका छैनन् । दाङ तुलसीपुर–१७ बेलझुण्डीस्थित रङ्गशाला निर्माण भएको तीन वर्षहुँदा पनि हस्तान्तरण गरिएको छैन ।

एथ्लेटिक्स र फुटबल रङ्गशाला निर्माण भएको लामो समय भए पनि हस्तान्तरण हुन नसकेको जिल्ला खेलकुद विकास समितिका प्रमुख शान्ति सोमैले जानकारी दिए । “रङ्गशाला निर्माण भएको २०७६ सालमा हो”, उनले भने, “तर, किन हो, अझै हस्तान्तरण भएको छैन ।”

अन्तर्राष्ट्रियस्तरको उक्त रङ्गशालामा आठौँ राष्ट्रिय फुटबल तथा एथ्लेटिक्स प्रतियोगिता सम्पन्न भएका थिए । हस्तान्तरण नहुँदा आफूहरुलाई संरक्षणमा समस्या हुने गरेको उनको भनाइ छ । अहिले जसोतसो संरक्षण गरेको भए पनि पूर्ण अधिकार नहुँदा गाह्रो भएको उनको भनाइ छ ।

उक्त रङ्गशाला निर्माण गरेको ठेकेदारले कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रङ्गशाला निर्माण गरिरहेको छ । राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेशस्तरको खेलकुद परिषद् कसले रङ्गशालाको संरक्षण र मातहतमा रहने विषय नटुङ्गिएपछि हस्तान्तरणमा समस्या भएको परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले जानकारी दिए।

कानुन अभावमा यस्तो समस्या देखिएको हो । रु २४ करोड २४ लाख लागतमा उक्त रङ्गशाला निर्माण भएको हो । दिवा एमए प्रतिष्ठा जेभीले भिआइपी प्याराफिटसहित रङ्गशाला निर्माण गरेको हो । रङ्गशालामा भिआइपी प्याराफिट, बाथरुम, बिजुली र रङरोगनसमेत गरिएको छ ।

रङ्गशालामा फुटबल मैदानका साथै सेन्थेटिक ट्रयाक पनि निर्माण गरिएको छ । जुन मोफसलमा पहिलो हो । त्यहाँ ‘भिआइपी’ प्याराफिटभित्र खेलाडीका लागि चेञ्जिङ रुम, अफिस, कन्फ्रेन्स हल, रेफ्रीका लागि छुट्टै कोठा निर्माण गरिएको छ । रङ्गशालाको पश्चिमतर्फ निर्माण गरिएको भिआइपी प्याराफिटमा चार सय १२ सिट छन् ।

रङ्गशालाको पूर्वी भागमा दर्शकका लागि साधारण प्याराफिट निर्माण गरिएको छ । भिआइपी प्याराफिटका लागि आवश्यक धातु तथा दर्शक बस्ने सिट मलेसियाबाट ल्याइएको हो । रङ्गशालामा प्रयोग गरिएका तारबारसमेत विदेशबाटै ल्याइएको हो । फिफा मापदण्डअनुसार निर्माण गरिएको फुटबल मैदानमा बरमुडा दुबो रोपिएको छ । यो दुबो भारतको कोलकताबाट ल्याएर रोपिएको हो ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?