Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा हिमपात


८ वैशाख ,गलेश्वर । मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा आज वर्षा र वेमौसमी हिमपात भएको छ । मुस्ताङको लोमान्थाङ, दामोदरकुण्ड लोघेकर, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका अधिकांश ठाउँमा हिमपात भएको हो ।

यहाँ वसन्त ऋतुमा वेमौसमी हिमपात भएको हो । हिमपातले चिसो बढेको मुक्तिनाथ मन्दिरका कर्मचारी रविन सुवेदीले बताए । मुक्तिनाथमा दुई फिट बाक्लो हिउँ जमेको जनाइएको छ ।

वर्षाले मुक्तिनाथ मन्दिरमा आएका भक्तजनलाई पूजाआजा, दर्शन र स्नान गर्न समस्या परेको बताइएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपात र चिसोले उपल्लो मुस्ताङको जनजिवन प्रभावित भएको बताए ।

उनका अनुसार सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । गाईवस्तु र भेडाच्याङग्रालाई चरन क्षेत्रमा लैजान नसक्दा आहराको समस्या भएको जनाइएको छ । म्याग्दीको धवलागिरी गाउँपालिकाको गुर्जा, अन्नपूर्ण गाउँपालिकाको खोपारा, मोहरेडाडा, घोडेपानीमा पनि हिउँ परेको छ ।

डाँडाहरु हिउँले सेताम्मे भएका र चिसो बढेको धवलागिरी–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । यसपाली पुस र माघमा हिमपात भएको थिएन । हिउँद सकिएपछि फागुनको पहिलो सातादेखि हिउँ पर्न थालेको थियो ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?